हुण्डीको रकमसहित दुुई जना पक्राउ

[mashshare]

मधेशदृष्टि
वीरगंज ।
बारा प्रहरीले श्रोत खुलाउन नसकेको १३ लाख ५० हजार हुण्डीको रकमसहित २ जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा बारा प्रहरीले गरेको जाँचका क्रममा मोटरसाइकलमा भारतफर्तबाट कलैया आउँदै गरेको अवस्थामा बाराको विश्रापुर गाउँपालिकाको वडा नम्बर ४ मुसहरवा स्थित सडक खण्डबाट अभियुक्तहरुलाई रकमसहित पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ ।

प्रहरीले मोटर साईकल चालक पर्सा जिल्ला पोखरिया नगरपालिका वडा नम्बर १ बनकटवा निवासी ३४ बर्षिय हरिकिशोर प्रसाद पटेल र बारा जिल्ला महागढीमाई नगरपालिका वडा नम्बर १ बस्ने ४२ बर्षिय रमेश प्रसाद कुशवाहालाई पक्राउ गरेकोे जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् डिएसपी दधिराम न्यौपानेले जानकारी दिए ।

पक्राउ परेकाहरुलाई मंगलबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । उनीहरुको साथबाट प्रहरीले प्रदेश २–०३–०१६ प २३३७ नम्बरको मोटर साईकल समेत बरामद गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button