वीरगंजमा विद्युतीय कार बीवाईडीको सोरुम सञ्चालनमा

[mashshare]

मधेशदृष्टि
वीरगंज ।
वीरगंजमा प्रिमियम चाइनिज ब्रान्ड बीवाईडीका विद्युतीय कारको बिक्री सुरु भएको छ । निरज अटोमोबाइल प्रा.लि वीरगंजले सोरुम स्थापना गरेर सो कारको बिक्री–वितरण वीरगंजको गण्डक बाट सुरु गरेको छ । सोरुमको उद्वघाटन कार्यक्रम निरज अटोमोबाइलका निरज सरार्फ, पंकज अग्रवाल, उत्तम अग्रवालले संयुक्त रुपमा रिबन काटेर सोरुमको उद्वघाटन गरेका छन् ।

निरज अटोमोबाइल प्रा.लि.का अध्यक्ष आकाश सरार्फका अनुसार बीवाईडी परिवारको हिस्सा हुँदा हामी उत्साही भएको बताए । बीवाईडीमा हामी नयापन, दिगोपना अवस्मर्णिय भविस्यलाई आकार दिन प्रतिवद्व समेत रहेको उनले बताए । गाडी वातावरण मैत्री भएको हुँदा अत्यधिक रुचाइएको छ । विद्युतीय गाडी चलाउन पनि सहज, खर्च पनि कम र यात्रा पनि आरामदायी हुने बताए । आवश्यकता अनुसार चार्ज गरेर चलाउन सकिने र एक पटक फूल चार्ज भएमा ४ सयदेखि ५ सय २० किलोमिटरसम्मको यात्रा सहज रुपमा गर्न सकिने उनले जानकारी दिए ।

बीवाईडीका आधिकारिक बिक्रेता इमेक्स इन प्रा.लि.का सेल्स हेड आशुतोष गौतमले अहिले १५ वटा भन्दा बढी बीवाईडी शोरूमहरु सञ्चालनमा ल्याइएको छ र विस्तारै नेपालभरी थप शोरूम सञ्चालन गर्ने योजना रहेको त्यसले इभीएसलाई नेपालभरी नै बढी पहुँच योग्य बनाउने विश्वास व्यक्त गरे । त्यस्तै उन्ले चार्जिङ नेटवर्कः कम्पनीले ३३ डिसी फास्ट चार्जर्स स्थापना गरेको छ र २०२४ को अन्त्यसम्म यसलाई १०० भन्दा बढीमा स्थानमा विस्तार गर्ने योजना बनाएको छ, यसले निजी क्षेत्रको सबैभन्दा ठूलो चार्जिङ नेटवर्क अपरेटरको स्थान प्राप्त गरेको बताए ।

बीवाईडी, १९९५ मा स्थापित भएको, एक प्रमुख विश्वव्यापी ब्रान्ड हो जसले नयाँ ऊर्जा वाहन (एनइभी) मा अग्रणी प्रगति गरेको छ । ७० भन्दा बढी देश र ४०० शहरमा उपस्थित बीवाईडीले एनइभी क्षेत्रमा महत्वपूर्ण स्थान बनाएको छ । नेपालमा ४५०० भन्दा बढी बीवाईडी सवारी सञ्चालनमा छन् र साइमेक्स इन प्रा. लि एसिया प्यासिफिक मेजर कन्ट्रिव्युसन डिस्ट्रिव्युटर र सेल्स कन्ट्रिव्युसन अवार्ड जस्ता मान्यता प्राप्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button