

जनकपुरधामको राम मन्दिरछउमा रहेको राजदेवी मन्दिरलाई राजा जनकको कुलदेवीको रुपमा पूजा गर्ने गरिएको छ । यहाँ निर्माण गरिएको गेटमा समेत राजा जनकको कुलदेवीको रुपमा उल्लेख गरिएको छ । राजदेवी राजा कुलदेवीको विषयमा कतिपयले यसमा सत्यता नरहेको बताइरहेका छन् भने कतिपयले यो नै राजा जनकको कुलदेवी भनेर चर्चा गरिरहेका छन् । देवी कुनै पनि देवता हो, जो महिला होस् वा जसलाई नारी रूपमा मानिन्छ । हिन्दू धर्ममा पार्वती, दुर्गा, काली, सरस्वती, गंगा, लक्ष्मी र सीता, राधा, बालासुन्दरी, साकम्भरी जस्ता धेरै देवीदेवता छन् । वास्तवमा सबै देवी एउटै आदिशक्तिका विभिन्न रूप हुन् ।
आदिशक्ति वा आदि पराशक्ति वा महादेवी दुर्गालाई सनातन, निराकार, परब्रह्म, ब्रह्माण्डभन्दा परको परमशक्ति मानिन्छ । शाक्त सम्प्रदायका अनुसार यो शक्ति मूलतः निर्गुण हो, तर जब निराकार ईश्वर, जो न पुरुष हो न नारी, ले ब्रह्माण्डको सृष्टि गर्नु हुन्छ, तब आदि पराशक्तिको रूपमा, इच्छाको रूपमा ब्रह्माण्डको सृष्टि गर्नुहुन्छ । प्रजननको रूपमा संसारको सृष्टि गर्दछ, पालन र कर्म को रूपमा, उहाँले सम्पूर्ण ब्रह्माण्डको गति र बल प्रदान गर्नुहुन्छ । प्रत्येक सम्प्रदायमा आदि पराशक्तिको विभिन्न रूपमा पूजा गरिन्छ, शाक्त सम्प्रदायमा ब्रह्मशक्तिको रूपमा पूजा गरिन्छ, जसमा काली कुल र श्रीकुल नामका दुई कुल छन, अन्य केही शाक्तहरूले भगवती दुर्गालाई आदिको रूपमा मान्दछन् । वैष्णव सम्प्रदायका अनुसार भगवती श्री महालक्ष्मी र उनका अवतारहरू जस्तै राधा, सीता, रुक्मिणी आदि । आदि पराशक्ति हो, शैव सम्प्रदायले माता पार्वती वा साकम्भरीलाई आदिशक्तिको सगुण रूप मान्छन, शिखहरू पन्त शक्तिलाई निर्गुण मान्छन्, उनीहरूका अनुसार चण्डी अकालपुरुखको ऊर्जा शक्ति हो । देवी भागवत, अथर्ववेद, मार्कण्डेय पुराण जस्ता प्राचीन ग्रन्थका अनुसार देवी आदि शक्तिको उत्पत्ति भएको हो ।
अर्थात् रहेक सम्प्रदायमा कुनै न कुनै रुपमा शक्तिको आराधना गरिन्छ । शक्तिको आराधनाको मूलकारण नै शक्ति आर्जन गरिनु हो । त्यसकारणले रहेक सम्प्रदायमा भिन्न स्वरुपमा भएपछि शक्तिको उपासनाको प्रावधान रहेको छ । विशेष गरेर चैत्र महिनाको नवरात्री किन नहोस्, सबैतिर शक्तिको उपासना गरिने चलन छ ।
शक्तिको उपासना शक्तिका अनुयायीलाई प्राय शाक्त भनिन्छ । शाक्तहरूले शक्तिको उपासना मात्र गर्दैनन्, तर यसको शक्ति अभिव्यक्तिलाई मानव शरीर र जीवित ब्रह्माण्डको शक्ति वा ऊर्जामा वृद्धि, नियन्त्रण र रूपान्तरण गर्ने प्रयास पनि गर्छन् । विशेष गरी, शक्ति कुण्डलिनीको रूपमा मानव शरीरको गुदाको आधारमा अवस्थित छ भन्ने विश्वास गरिन्छ । यो कुण्डलिनी शक्तिलाई जटिल ध्यान र यौन–योग अनुष्ठानमार्फत जगाउन सकिन्छ । यस अवस्थामा यो सुक्ष्म शरीरको सुषुम्नाबाट माथि उठ्छ । बाटोमा धेरै चक्र पार गर्दै, जबसम्म उनी शिरको शीर्षमा रहेको अन्तिम चक्रमा प्रवेश गर्छिन् र त्यहाँ आफ्ना पति–प्रिय शिवसँग परमानन्दमा भेटिन्छिन् । भगवती र ईश्वरको पौराणिक मिलन मनो–शारीरिक रूपमा परमानन्द–रहस्यमय समाधिको रूपमा अनुभव गरिन्छ, जसको विस्फोटक परमानन्द कपाल क्षेत्रबाट उठ्छ र उल्लास र गहिरो बाढीको रूपमा शरीरभर तल बग्छ ।
मिथिलामा विभिन्न सम्प्रदायमा मध्ये शाक्त सम्प्रदायको समेत महत्व उत्तिकै रहेको छ । घरघरमा मिथिलामा शाक्त सम्प्रदायको पूजा अराधना गरिन्छ । यीनै मध्ये महत्वपूर्ण स्थलको रुपमा रहेको छ जनकपुरको राजदेवी मन्दिर । जसलाई शक्ति उपासनाको केन्द्रको रुपमा लिइने गरिन्छ । भवनाको शंकरको अर्र्धाांगनी सतिको शरीरको पात भएको ठाउँ प्रमुख शक्ति केन्द्रको रुपमा उदय भएको छ । तर कतिपय खोज भइरहेको छ भने कतिपयको लोप अवस्थामा रहेको छ । खास गरेर मिथिला क्षेत्रमा समेत सतिको शरीरको पात भएको थियो तर कुन ठाउँमा भएको, त्यो भ्रष्ट नभएका कारणसमेत शक्ति उपासनाको केन्द्र मिथिला भएपछि यस विषयमा भने कुनै ठोस प्रमाण भएको पाइँदैन । यो प्रसिद्ध राजराजेश्वरी देवीको मन्दिर जनकपुर बजारमा राम मन्दिरको छेउमै उत्तरतर्फ अर्को प्राङ्गणमा पर्दछ ।
यहाँ पहिले माटोको पिण्डको रूपमा रहेको मूर्तिलाई पछि पित्तलले मोडेर मूर्तिको रूप दिइएको छ । दक्षिणाभिमुख भएकी यी देवीको दर्शन गर्न कोठा भित्र जानु पर्दछ । कतिपयले झ्यालबाटै पनि दर्शन गर्दछन । त्यहाँ देवीको प्रतीक मूर्तिलाई चाँदीको ढकनीले छोपेको हुन्छ । पहिले त्यहाँ आफ्ना कुलदेवीलाई घरमै राख्ने चलन हुँदा यहाँको मन्दिरको स्वरूप घरजस्तै देखिन्छ । यिनलाई दगदिवीको रूपमा मानिएको छ । यी देवीलाई तत्कालिन मिथिलाका राजा जनकको इष्टदेवीको रूपमा मानिएको छ ।
शक्तिपीठको नौलो परम्परामा यस मन्दिमा महिलालाई प्रवेश गर्न दिइँदैन । किन कि पहिलो मासिकधर्म भएको बेला महिला अपवित्र हुन्छन । कुन महिला पवित्र छिन कुन छैनन् भन्ने कुरा सम्बधित महिला बाहेक अरूलाई थाहा नहुँने भएकाले यस्तो रोक लगाइएको हो भनिन्छ । यस्तो अवस्थामा मन्दिरः प्रवेश गरेमा पाप लाग्ने हुन्छ भनिन्छ । यी राजदेवीको निष्ठापूर्वक पूजा गरेमा बोक्सीलाई अनिष्ठकारी सिद्धि हुने र महिला प्रायः बोक्सी हुन्छन् भन्ने अन्धविश्वासका कारण पनि महिलाको प्रवेशमा रोक लगाइएको कुरा स्थानीय बताउँछन् ।
विशेषतः सप्तमीका दिन रातो कपडाले बेरेको बेलको वृक्षमुनि बाजागाजा र सरकारी सम्मानका साथ गई बेलको वृक्षमा पूजा गरी बेल टिपेर ल्याइ मन्दिर भित्र राखिन्छ । यसलाई स्थानीय भाषामा ‘बेलतोडी’ भनिन्छ ।
यस मन्दिरमा बडादशैँको महाष्ठमीको राती हजारौँ संख्यामा बोका बली चढाइन्छ । भगवती दुर्गाले देवताको अनुरोधमा ठूलाठूला दानवलाई संहार गर्न महाष्टमीकै राति बिकराल स्वरूप धारणा गरेका महिषासुरमर्दिनी जगदम्बा कालिकाले अवतार लिएको विश्वासले भगवतीका गणलाई खुसी पार्न बलीप्रथा चलेको भनिन्छ । सो बलीको प्रसाद राममन्दिरका महन्त पूजारीहरू समेतले आदिशक्ति जगदम्बा कालिका अवतारको प्रसाद सम्झी सो एक दिनको बलीको प्रसाद ग्रहण गर्दछन् । दशैँको पर्वमा घटस्थापनादेखि दशमीसम्म प्रतिदिन कहिले दीपोत्सव, कहिले पुष्पहार, श्रृङ्गारहरूका साथै मिष्टान्न पनि अर्पण गर्ने गरिन्छ ।
जहाँसम्म यस मन्दिरलाई राजा जनकको कुलदेवीको प्रश्न छ । त्यसमा निकै विवाद देखिएको छ । खास गरेर जनकपुरको विषयमा विस्तृत चर्चा रामायणमा पाइन्छ । त्यसमा पनि वाल्मीकि रामायणलाई धेरै प्रमाणित रुप मनाइएको छ । विवाहको समयमा छोरीले आफनो कुलदेवीको पूजा गर्ने परम्परा छ । जो मिथिलामा अहिले पनि चल्दै आएको छ । यसमा सीताले विवाह अर्थात स्यम्वरपूर्व गिरिजा देवीको पूजा गरेको रामायणहरुमा उल्लेख छ । जो देवीको मन्दिर अहिले पनि सीमावर्ती स्थान गिरिजा स्थानमा रहेको छ । मन्दिरमा रहेको मूर्तिको स्वरुपलाई हेर्ने हो भने निकै प्राचीन रहेको छ । रामायणमा गिरिजाको स्वरुपको विषयमा चर्चा रहेको छ । जो यस मूर्तिमा देख्न सकिन्छ । अर्को तर्फ रामायणमा कहीँ पनि राजदेवी मन्दिरको विषयमा चर्चा भएको पाइँदैन । तुलसी दासले लेख्नु भएको रामायणमा समेत गिरिजा पुजनको विषयमा नै विशेष रुपमा चर्चा भएको पाइन्छ ।
त्यसपछि जनकपुरको विषयमा सबै भन्दा बढ िप्रमाणिक लेखिएको पुस्तकको मिथिला महात्म, यसमा समेत राजदेवी मन्दिरको विषयमा चर्चा भएको पाइन्छ । यस्तो अवस्थामा राम मन्दिरको निर्माणको समयमा यहाँ कुलदेवीको रुपमा स्थापना गरिएको हुनसक्ने विश्वाससमेत छ । मिथिला वा रायाणकालीन कतिपय इतिहासहरु मौखिक जनविश्वासको आधारमा समेत चल्दै आएको छ । कारण कतिपय ग्रन्थमा वर्णन गरिएको स्थान खोजमा समस्या भइरहेको अवस्थामा यसको आस्था र जनबोलीलाई नै विश्वास गर्नुपर्ने आधार रहेको छ ।
मिथिलामा मात्रै होइन एउटा मौखिक रोचक किंवदन्ती अयोध्यायमा समेत सुन्न पाइन्छ । सीताको विवाह भएपछि बिदाई गर्ने क्रममा कुलदेवीले म सीतासँग जान्छु भनेर सीतासँग हिँडेको र अयोध्यामा देवी कलि नामको स्थान रहेको त्यहाँ रहेको मन्दिरमा देवीको स्थापना गरिएको छ । त्यो देवी जनकपुरबाट सीताले बिदाईको क्रममा ल्याएको त्यहाँ धार्मिक मान्यता छ । यस्तै, आधारमा राजदेवीको विषयमा समेत यिनै धार्मिक आस्थाले स्थापना गरेको मान्यता हुनसक्ने कतिपयको बुझाइ रहेको छ । जसलाई दशैँको समयमा पूजापाठ गर्दै आएको युवा क्लबहरुको पदाधिकारीहरु समेत स्वीकार गर्छन् । तर किंवदन्ती यति स्थापित भइरहेका छन कि जनकपुरसहित सम्पूर्ण मिथिलामा नै यो नै राजा जनकको कुलदेवी हो भन्ने मान्यता स्थापित गरिदिएको छ । करिब २०४७ पूर्व देवी नै यो मान्यता स्थापित भएको र युवा क्लबहरुले यस मन्दिरको पूजा गर्ने जिम्मेवारी लिएपछि यस मान्यताले झनै मान्यता पाएको देखिन्छ ।
जनकपुरमा पाइएको जति धार्मिक पुस्तकमा प्रमाणिताका साथ राजदेवीको विषयमा खासै चर्चा भने पाएको देखिँदैनन । अहिलेसम्म जनआस्थाको आधारमा राजा जनकको कुलदेवी रहेको मान्यतालाई स्थापित गरेको छ । त्यसमा पनि यहाँ पूरा भएको भाकलका कारण समेत मिथिला क्षेत्रमा यस मन्दिरलाई राजा जनकको कुलदेवीको मात्यतालाई स्थापित गरेको छ ।





