
मधेशदृष्टि
वीरगंज ।
वीरगंज महानगरपालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ मा ३३ करोड रुपैयाँभन्दा बढी राजश्व संकलन गरेको छ । महानगरपालिकाले चालु आर्थिक वर्षको आठ महिनामा ३३ करोड ३२ लाख ४६ हजार ६१७ रुपैयाँ राजस्व सङ्कलन गरेको वीरगंज महानगरपालिकाका राजश्व महाशाखाका प्रमुख मनोज कर्णले बताए ।
वीरगंज महानगरपालिकाले चालु आर्थिक बर्षमा ७० करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको छ । महानगरपालिकाले सम्पत्ति करबाट १२ करोड ११ लाख ९७ हजार ९०६, रुपैयाँ, भूमिकर तथा मालपोत करबाट ६६ लाख ४४ हजार ४८० रुपैयाँ, घरबहाल करबाट चार करोड तीन लाख ८५ हजार ९५१ रुपैयाँ, बहाल बिटौरीकरबाट १५ लाख १९ हजार ४१६ रुपैँया राजश्व संकलन गरेको महाशाखाका प्रमुख कर्णले बताए । त्यसैगरी सवारीसाधन कर (साना सवारी)बाट २० लाख १८ हजार ३७० रुपैयाँ, पूर्वाधार सेवाको उपभोगमा लाग्ने कर एक करोड चार लाख १२ हजार ४३० रुपैयाँ, बाँडफाँडबाट प्राप्त हुने विज्ञापन कर १९ लाख ६७ हजार २६२ रुपैयाँ संकलन भएको वीरगंज महानगरपालिकाले जनाएको छ ।
त्यस्तै अन्य मनोरञ्जन करबाट चार लाख २५ हजार ५९९ रुपैयाँ, व्यवसाय रजिस्टे«शन दस्तुरबाट एक करोड ८२ लाख २२ हजार ६३० रुपैयाँ, अखेटोपहारमा लाग्ने करबाट एक करोड ६४ लाख ६० हजार रुपैयाँ, सरकारी सम्पत्ति बहालबाट प्राप्त आय तीन करोड २५ लाख १७ हजार ५०४ रुपैयाँ, अन्य स्रोतबाट बाँडफाँड नहुने रोयल्टी ८२ लाख ८० हजार रुपैयाँ, निजी धाराबापत शुल्क ९४ हजार रुपैयाँ राजश्व प्राप्त भएको प्रमुख कर्णले जानकारी दिए ।
त्यसैगरी महानगरपालिकाले सेवा शुल्कबाट २ करोड ७ लाख ६२ हजार ४५७ रुपैयाँ, न्यायिक दस्तुरबाट १९ हजार ६ सय रुपैयाँ, प्रशासनिक सेवा शुल्कबाट २० लाख १० हजार ७ सय ८९ रुपैयाँ, नक्शापासबाट २ करोड ३९ लाख २ हजार ९ सय ४७ रुपैयाँ, सिफारिश दस्तुरबाट १ करोड ५९ लाख रुपैयाँ, व्यक्तिगत घटना दस्तुरबाट २१ लाख ८६ हजार रुपैयाँ, नाता प्रमाणित दस्तुरबाट १५ लाख ७१ हजार रुपैयाँ अन्य दस्तुरबाट ४ लाख ६९ हजार रुपैयाँ, प्रशासनिक दण्ड जरिवाना तथा जफतबाट ४४ लाख ५३ हजार रुपैयाँ, बेरुजु असुलीबाट ६ लाख १९ हजार गरी उक्त रकम राजस्व संकलन गरेको प्रमुख कर्णको भनाइ छ । चालु आर्थिक वर्षमा गत वर्षको सोही अवधिको तुलनामा झण्डै ५ करोड रुपैयाँ बढी राजश्व संकलन भएको महानगरपालिकाले जनाएको छ ।






