पप्पु कन्स्ट्रक्सन संचालक हरिनारायण रौनियार लाई कार्वाही र गौर टिकुलिया घाटमा पुल निर्माण को मागसहित पत्रकार सहनी आमरण अन्सनमा संजय मिश्रा

[mashshare]

फागुन । २

पप्पु कन्स्ट्रक्सन बिरगंजका तत्कालीन संचालक हरिनारायण रौनियार लाई कार्वाही र रौतहटको सदरमुकाम गौर -टिकुलियाघाट लालबकैया नदिमा पुल निर्माणको मागगर्दै स्थानीय पत्रकार संजय सहनी आमरण अन्सनमा बसेका छन । पप्पु कन्ट्रक्सनले अलपत्र परेको अधुरो लालबकैयाको पुललाई यथा शिघ्र निर्माणका लागि सोमबार सांझ ७ बजेदेखि सहनी लालबकैया खोलाको बगरमा आमरन अनसन बसेका हुन ।

पप्पु कन्ट्रकसनले २०७१ सालमा पुल निर्माणको टेन्डर लिएर सडक डिभिजन कार्यालय हेटौंडा संग २०७४ माघ २९ गतेभित्र निर्माण पुरागर्ने सम्झौता गरेको थियो ।लगत्तै तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पुलको शिलान्यास गरेका थिए । तत्कालीन सडक डिभिजन कार्यालय हेटौंडाबाट २० करोड ७२ लाखको लागतमा गौर–औरैया जोड्ने लालबकैया नदीमा २२५ मिटर लम्बाइ र ७।२ मिटर चौडाइ भएको पक्की पुल बनाउन बोलपत्र आह्वान गरिएको थियो ।

लागत इस्टिमेटभन्दा २८ प्रतिशत कम १४ करोड ९३ लाखमा टेन्डर पप्पु कन्स्ट्रक्सनले लिएको थियो । पप्पुले निर्माण गरेको पुलको पश्चिमतिरको दुईवटा गडर पनि गुणस्तरहीन भएको सडक डिभिजनको ठहर छ । ७४ सालमा निर्माण पुराहुनुपर्ने पुलको अधुरो संरचना गुणस्तरहीन भैकैकारण माटोसरह संवत: फुटेर झर्न थालेको थियो । म्याद नाघेको बर्षौंपछी पप्पुले गतबर्ष देखि पुरानै संरचनामा जोडेर निर्माण सुरुगर्दा डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरले रोक्का गर्दा निर्माण कम्पनीले अटेरी गर्दै आएको थियो । पछि डिभिजन प्रमुख दारोगा साहले अदालतमा गरेको पप्पु विरुद्ध मुद्दाको केहिदिन अघि भएको फैसला अनुसार पप्पुको धरौटी समेत जफत भएको छ।

हिउँदमा लच्का बांसले बनेको पुल र बर्सामा डुङ्गाको भरमा यात्रा गरि वारिपारी गर्न दैनिक सैयौंमानिस ज्यानको बाजि लगाएर यात्रा गर्दछन।पुल नबन्दा बन्जरहा, औरैया, मठिया, जोकहा, नरकटिया, रामपुर खाप डुमरिया परोहा लौतना लगायत दर्जनौं गाउँका बासिन्दलाई सदरमुकाम गौर आउन जोखिमपूर्ण डुंगा यात्रा गर्नुपर्छ ।

२०७५ भदौ ९ गते साँझ खेतमा काम गरेर फर्केकाहरू सबार डुंगा त्यही पुलको पिलरमा ठोक्किएर पल्टिँदा ५ जनाको ज्यान गएको थियो । डुंगामा सबार २४ जनाले पौडिएर ज्यान जोगाएका थिए ।

घटनालगत्तै मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत पुल हेर्न टिकुलिया पुगेका थिए । ठेकेदारको लापरबाहीले घटना भएको भन्दै पीडित परिवारलाई क्षतिपूर्ति र अलपत्र पुल निर्माणको काम चाँडै पूरा गर्न मुख्यमन्त्री राउतले निर्देशन समेत गरेका थिए ।

गौर टिकुलिया घाट लालबकैया निदिको पुल चांडै निर्माण गर्न निर्देशन दिने एकजना राउत मात्रै होईनन ऊनी भन्दा अघि र पछि देशका दर्जनौं ठुला भनाउने नेताले पप्पु लाई निर्देशन दिए तर निर्देशक हरिनारायण रौनियारले कसैलाई टेरेनन। फलत टिकुलिया घाटमा हालसम्म पनि पुल निर्माण नहुंदा बाध्यभएर संजय सहनी अन्सनमा बसेका छन ।

अन्सनकारी सहनिले पुल निर्माण संगै टेण्डर लिएर लापरबाही गर्ने पप्पु निर्माण सेवाका तत्कालीन संचालक रौनियार माथी कार्वाहीको माग गरेका छन । रौनियारको लापरबाहीले ५ जनाको ज्यान गयो मृतक परिवारलाई क्षतिपूर्ति र स्थानीयको ८ बर्षको समय खेर गयो त्यसको क्षतिपूर्ति र रौनियार लाई कानुनी कार्वाहीको दायरामा ल्याउनुपर्ने सहनिको माग रहेको छ। रौतहट प्रहरी प्रमुख एसपी बिरबहादुर बुढामगरले सहनी आमरण अन्सन बसेको सामाजिक संजाल मार्फत देखेर बास्तबिक्ता बुझ्न तथा सुरक्षार्थ उक्त स्थानमा प्रहरी टोलि पठाएको बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button