
मधेशदृष्टि
जनकपुरधाम ।
जनता समाजवादी पार्टी (जसपा)को मधेश प्रदेश कमिटी अध्यक्षमा बालकिशोर प्रसाद यादवलाई चयन भएका छन् । पार्टीको नयाँ विधान अनुसार प्रदेश कमिटी ५१ सदस्य रहने छ । त्यसमध्ये १७ जना कार्यकारिणी सदस्य रहने प्रावधान रहेको छ । अध्यक्षसहित १७ जनाको कार्यकारिणी सोमबार नै गठन गरिएको छ ।
कार्यकारिणी समितिको बैठकले प्रदेश कमिटीको पदाधिकारी तथा अन्य सदस्यको बारेमा टुंगो लगाउने जनाइएको छ । यसअघि रामबाबु यादवको अध्यक्षतामा रहेको कमिटी भंग गरेपछि अर्को अध्यक्ष चयन गर्ने जिम्मेवारी जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवलाई दिएको थियो । २५ वर्षसम्म स्वास्थ्य क्षेत्रमा अधिकृतको जागिरे रहेका नवनिर्वाचित अध्यक्ष यादव हाल राजीनामा दिएर प्रदेश कमिटीका अध्यक्ष भएका हुन् ।






