अपहरण गरी परिवारसँग फिरौती माग्ने एकजना भारतीय नागरिक पक्राउ

[mashshare]

वीरगंज ।
अपहरण गरी भारतमा लागेर परिवारसँग फिरौती मागेको आरोपमा फरार रहँदै आएका एक भारतीय नागरिक रौतहटबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत बिहार जिल्ला सितामाढी बसबिट्टा बस्ने २२ बर्षका सुधिर कोइरी रहेका छन् । पक्राउ परेका कोइरीसहितले २०८० साल बैशाख ९ गते रौतहटको परोहा नगरपालिका–२ तेजापाकड बस्ने ३० बर्षका हिरामन महतोलाई माधव नारायण नगरपालिका- ६ माधोपुरबाट अपहरण गरी भारतमा लगेर बन्धक बनाएर उनको परिवारसँग चार लाख रुपैयाँ फिरौती मागेको प्रहरीको भनाइ छ ।

सोही बेलादेखि फरार रहँदै आएका कोइरीलाई सर्लाही प्रहरीको समन्वयमा सर्लाहीको सिमावर्ती इलाकामा लुकीछिपी आउने जाने गरेको अवस्थामा फेला पारी पक्राउ गरिएको रौतहट प्रहरीका निम्ति सूचना अधिकारी प्रहरी निरीक्षक उमाशंकर प्रसादले जानकारी दिए ।

थप अनुसन्धान भइरहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button