विद्यापति स्मृति दिवस मनाइयो

[mashshare]

मधेशदृष्टि
वीरगंज ।

मैथिली भाषाका महाकवि विद्यापतिको स्मृति दिवस शनिबार वीरगंजमा भएको छ । विद्यापतिको देहावसान भएको कार्तिक त्रयोदशीका दिन विद्यापति स्मृति दिवस मनाउने गरिएको छ । यसदिन मैथिली भाषीहरुले कार्यक्रम गर्दै आएका छन् । वीरगंज भन्सार रोडस्थित महाकवि विद्यापतिको प्रतिमामा शनिबार माल्यार्पण तथा स्मृतिमा कवि गोष्ठी भएको छ ।

मैथिली कवि तथा नापी कार्यालय पर्साका प्रमुख राकेश कुमार झाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । नारायणी वाङमय प्रतिष्ठान वीरगंजका अध्यक्ष डा. विशम्भर शर्मा, मैथिली साहित्य परिषद् वीरगंजका अध्यक्ष महेश दास र अमृत चिन्तन प्रतिष्ठानका अध्यक्ष भगवान मिश्र, कवि सतिष चन्द्र सजल, परिषद्का उपाध्यक्ष कालीकुमार कर्ण, सचिव शोभाकान्त झालगायतले महाकति विद्यापतिको जीवन र मैथिली भाषामा पुर्याएको योगदानबारे प्रकाश पारेका थिए ।

कार्यक्रम मैथिली साहित्य परिषद् वीरगंज र अमृत चिन्तन प्रतिष्ठानको सयुक्त आयोजनामा भएको हो । मैथिली साहित्य र भाषाको गतिविधिलाई निरन्तरता दिन हरेक महिना पहिलो शनिबार दिउँसो ४ बजे चित्रगुप्त मन्दिरमा मैथिली कवि तथा साहित्य गोष्ठी गरिने सचिव शोभाकान्त झाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button