मेयर साहद्वारा झोलुङ्गे पुल उद्घाटन

[mashshare]

मधेशदृष्टि
रौतहट ।

गौर नगरपालिकाका मेयर शम्भु साहले झोलुङ्गे पुल उद्घाटन गरेका छन । सोमबार मेयर साहले गौर नगरपालिका–५ गौरीशङ्कर क्याम्पसस्थित बरहवा तालमा निर्मित झोलुङ्गे पुल उद्घाटन गरेका हुन् । उदघाटनसँगै पुल सर्वसाधारणलाई प्रयोगका लागि सञ्चालनमा आएको छ ।

टिबिएसयु हेल्भिटासको ३५ लाख र गौर नगरपालिकाको ३० लाख गरी ६५ लाख रुपैयाँको लागतमा पुल निर्माण भएको हो ।

नगरप्रमुख साहले मधेश प्रदेशमै वित्तीय समानीकरण अनुदानअन्तर्गत कार्य सम्पादन मूल्याङ्कनमा गौर नगरपालिका प्रथम स्थान हासिल गर्न सफल भएको बताए । शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारमा मधेश प्रदेशमै उत्कृष्ट भई अगाडि बढिरहेकाले सबै पक्षबाट सहयोग भए गौर नगरपालिका देशकै नमूना नगरपालिकाका रूपमा स्थापित हुने विश्वास व्यक्त गरे ।

गौरका निवर्तमान मेयर अजय गुप्ताले झोलुङ्गे पुल अधुरो छाडेका कारण हेल्भिटासले गौर नगरपालिकालाई कालो सूचीमा राखेको थियो । झोलुङ्गे पुल निर्माण कार्य तत्काल सम्पन्न गर्नुपरेको नगरप्रमुख साहको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button