
राजनकुमार बानियाँ
पर्सा ।
धोबिनी गाउँपालिका वडा नम्बर ४ लंगडीस्थित कालीप्रसाद लाखे माध्यमिक विद्यालयमा निःशुल्क ट्युसन कोचिङ कक्षा सञ्चालन भएको छ ।
वडा नम्बर ४ का वडाध्यक्ष अबास मियाँले ट्युसन कोचिङ कक्षा उद्घाटन गरे । निःशुल्क टयुसन कक्षा सञ्चालनबाट दलित, गरिबलगायत कक्षा ६ देखि कक्षा १० सम्मका विद्यार्थीलाई सहयोग पुग्ने उनले बताए ।
कार्यक्रममा प्रधानाध्यापक मदन साह, शिक्षक कृष्णमुरारी साह, सुरेन्द्र चौहान, नारायण फुयाल, हरिओम पटेल, रामनरेश प्रसाद, जवाहर पटेल, महम्द रेयाज, मेराज आलम, दीपेन्द्र यादवलगायतको सहभागिता थियोे ।






