
जनकपुरधाम, ३ फागुन । बुधबार बसेको मधेस प्रदेशको पहिलो अधिवेशनको छैठौं बैठकको प्रारम्भमा सभामुख रामचन्द्र मण्डलले ‘प्रदेशसभाको आजको बैठकको कारबाही प्रारम्भ हुन्छ’ भन्नेवित्तिकै कांग्रेसका सांसदहरुले बैठक अवरुद्ध गरे ।
नेपाली कांग्रेसका प्रमुख सचेतक कुमरकान्त झा आफ्नो स्थानबाट उठेर भने, ‘सदन सञ्चालन गर्नुभन्दा पहिले हामी नेपाली कांग्रेसको तर्फबाट म प्रमुख सचेतकको हैसियतले के भन्न चाहन्छु भने हामी संसदीय दलमा कुनैपनि पार्टीले आफ्नो गेस्ट बोलाउन पाउन सक्छौं कि सक्दैनौं रु त्यो कुराको जवाफ नआउञ्जेलसम्म हामी सदन चल्न दिंदैनौं ।’ त्यसपछि कांग्रेसका सांसदहरु आ–आफ्नो स्थानबाट उठेका थिए ।
सभामुख मण्डलले माननीय सदस्यहरु बस्नुस् भन्दा प्रमुख सचेतक झाले मर्यालापालक लगाएर गेटमा नेपाली कांग्रेसको संसदीय दलमा अतिथीलाई आउन दिइएन । त्यो कुरामा आपत्ति छ भन्दै पुनः आफ्नो स्थानबाट उठेका थिए ।
सभामुख मण्डलले फेरि भने, ‘ठिक छ माननीय जी बसौं । यसको बारेमा कि त बाहिर गएर छलफल गरौं एकचोटी नत्र यहिभित्र भन्नुहुन्छ भने त्यसलाई क्लियरीफाइ गरौं । यसलाई क्लियरीफाइ कि त भित्रै गरौं । यात सभामुखको चेम्बरमा गएर यसको बारेमा क्लियरीफिकेशन गरौं । के भन्नुहुन्छ त्यहि हामी गर्छौं । मुख्यरुपमा गेस्टलाई बोलाउने, राख्ने अवसर माननीय सदस्यहरुलाई छ । तर अराजकता गर्ने, समस्या क्रिएट गर्ने जस्तालाई गेस्ट भन्न सकिंदैन । ३ घण्टादेख जसले डिस्टर्ब गरिरहेको छ उसलाई गेस्ट भन्ने कि ऊ आफ्नो बिजनेश गर्न आएको हो रु त्यो बिजनेशको लागि यदि आएको छ भने प्रदेशसभामा प्रदेशसभाको निर्णयलाई अवहेलना गर्ने व्यक्तिको लागि यो ठाउँ कदापी हुन सक्दैन् ।’
त्यसपछि फेरि कांग्रेसका सांसद रामसरोज यादव कुन गेस्टलाई हामी बोलाउँछौं त्यो हाम्रो अधिकार हो । हाम्रो गेस्टले कसलाई पिटेको हो रु कस्तो अराजकता फैलाएको हो रु त्यो स्पष्ट गर्नुस् भन्दै आक्रोशमा आए । कसलाई बोलाउने नबोलाउने त्यो अधिकार हाम्रो हो भन्दै उनी गर्जिए ।
त्यसपछि सभामुख मण्डलले ‘ठिक छ बोलाउनुस् त्यसमा कुनै अवरोध छैन् । तर, कुन प्रयोजनले बोलाइएको हो त्यो प्रयोजन यदि क्लियर छ भने मलाई केही भन्नु छैन् । तपाईंको गेस्ट यदि बम लिएर यहाँ आयो भने त्यसलाई छिर्न दिन्छ कि दिइदैन । त्यसलाई के गर्ने हो त्यो तपाईं नै भन्नुस् । उनले प्रश्न गरे ।
सभामुख मण्डलको यस्तो भाषा सुन्नेवित्तिकै कांग्रेसकी सांसद जिवछी देवी यादव आक्रोशित हुँदै भनिन्, ‘माननीय सभामुख महोदयको ध्यानाकर्षण गराउन चाहन्छु । यहाँ कोही मान्छे बम लिएर भित्र छिर्नु भएको छैन् । तपाईं जस्तो गरिमामय पदमा बसेर बमको कुरा यो हाउसभित्र गर्नुहुन्छ । के तपाईंको यस्तै सोचलाई सकारात्मक सोच भनिन्छ ? तपाईं बमको कुरा गर्नुहुन्छ यदि स्पष्ट धारणा थियो भने त्यो गेस्ट कहाँको हो भन्ने कुरा यहि हाउसमार्फतबाट रुलिङ गरेर सम्पूर्ण सांसद महोदयलाई जिम्मेवारी दिएको भए हुन्थयो नि । यस्तो अमर्ययादित तरिकाले तानाशाहले गेटमै राकिदिने अनि उल्टै आएर तपाईं यो कुर्सीमा बसेर बमको कुरा गर्नुहुन्छ भने कस्तो शोभनीय लाग्छ ? यसको जवाफ जबसम्म आउँदैन, हामी संसद चल्न दिदैनौ ।’
संसद दस मिनेट पछि पुनः संचालनमा आएको छ ।






