गहवामाई मन्दिर अगाडिको यातायात खुला गर्ने माग अदालतद्वारा खारेज

[mashshare]

मधेशदृष्टि
वीरगंज १९ माघ ।
वीरगञ्जको ऐतिहासिक गहवामाई मन्दिर अगाडिको सडक यातायात संचालनका लागि खुला गर्ने माग सहित उच्च अदालत वीरगंजमा परेको रिट निवेदन अदालतले खारेज गरिदिएको छ ।

उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जले बीरगंजले रिट खारेज गर्दै महानगरपालिकाको पक्षमा आदेश दिएपछि गहवामाई मन्दिर अगाडि सवारी साधन आवतजावत गर्न पाउने नपाउने विवाद अब सधैको लागि अन्त्य भएको छ ।

न्यायाधिसद्वय अच्यूतप्राद भण्डारी र सुदर्शनदेव भट्टको इजलासले माइस्थान मन्दिर अगाडिको बाटो खुलाउन माग गर्दै परेको रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो । महानगरले मन्दिर क्षेत्रमा गरेको सौन्दर्यकरणको विरोध गर्दै रेवती प्रसाद साहले वीरगञ्ज महानगरपालिकालाई बिपक्षी बनाएर दिएको रिटमा अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो ।
साहले गएको माघ १० गते निषेधाज्ञा आदेशको माग गर्दै उच्च अदालतमा रिट दायर गरेका थिए ।

दुबै पक्षको बहस पछि मंगलबार अदालतले महानगरको पक्षमा आदेश दिएको हो । वीरगञ्ज महानगरपालिकाले माइस्थान मन्दिर क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विस्तार गर्न सौन्दर्यकरणको काम गरिरहेको छ । महानगरले मन्दिर अगाडिको सडक तथा दायाँबायाँ सडकमा पेभर्स लगाउने काम सकेको छ भने विद्युतीकरण र गार्डेनिङको काम अघि बढाउन लागेको छ ।

नगर सौन्दर्यको बिरोध गर्नेहरुले काम हुन नदिन षड्यन्त्र गरे पनि अदालतले महानगरको पक्षमा आदेश दिएसँगै उनीहरुको षड्यन्त्र फेल भएको वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंह बताएका छन् ।

Tags

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button