तेली जातिको उन्नतिका लागि नयाँ योजना र दृष्टिकोण जरुरीः साह

[mashshare]

मधेशदृष्टि
जनकपुरधाम ।

मधेश प्रदेशका पूर्वअर्थमन्त्री भारत प्रसाद साहले तेली समुदायको सशक्तिकरण, हकअधिकार संरक्षण र मौलिक संस्कृति प्रवद्र्धनका लागि सशक्त समाज निर्माण आवश्यक रहेकोे बताएका छन् ।

जनकपुरधाममा रसिक विहारी भगवान तेली कुट्टीद्वारा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा नेकपा माओवादीका मधेश प्रदेश संसदीय दलका नेतासमेत रहेका साहले समाजको सङ्गठनात्मक सुदृढीकरण, संस्थागत विकास र पहिचानयुक्त आत्मसम्मानको प्रत्याभूतिका लागि समाजका सबै पक्ष सक्रिय भएर लाग्नुपर्ने बताए । अर्थमन्त्री हुँदा साहले कुट्टीको नाममा ५० लाख रुपैयाँ प्रदेश सरकारबाट वियोजन गरेका थिए । कुट्टीका सम्पूर्ण कार्यसमितिले पूर्वमन्त्री साहलाई कुट्टीमा बोलाइ स्वागत तथा सम्मान गरेको हो । उनले तेली जातिको उन्नयनका लागि नयाँ योजना र दृष्टिकोणका साथ आगाडि बढ्नुपर्नेमा जोड दिए।

तेली जातिको संस्थागत विकास र उन्नयनका लागि यस समुदायका सबै पक्ष सक्रियतापूर्वक लाग्नुपर्ने आवश्यकता समेत रहेकोसमेत बताए ।

कार्यक्रममा जनकपुरधाम उद्योग वाणिज्य संघ अध्यक्ष प्रत्यासी एवम् युवा नेता मनिष रमण साहले जातिभित्रको यथार्थलाई आत्मसात् गरेर यसको विकास र विस्तारमा लाग्नुपर्ने आवश्यकता रहेकोे बताए । तेली जातिलाई अग्रगामी परिवर्तन र संस्थागत विकासका लागि आफूहरु सक्रियपूर्वक लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

रसिक विहारी भगवान तेली कुट्टीका अध्यक्ष सन्तोष साहको अध्यक्षतामा कार्यक्रम भएको हो । स्वागत मन्तव्य सचिव राजु साहले गरेका थिए । स्वागत तथा सम्मान कार्यक्रममा पूर्वमन्त्री अरविन्द साह, जिल्ला विकास धनुषाका पूर्व सभापति रामचरित्र साह, जनकपुरधाम उद्योग वाणिज्य संघका उपाध्यक्ष लक्ष्मण साह, कोषाध्यक्ष प्रमेश्वर साह, सदस्य निरज साह, दुर्गेश साह, तेली कल्याण समाज जनकपुरधाम उपमहानगरपालिका अध्यक्ष रामबाबु साह, पूर्व वरिष्ठ उपाध्यक्ष जगदीश साह, सतिश रमण, विनोद साह, श्याम बाबु साह, मनोज साह, इन्जिनियर शम्भु साहलगायतका उपस्थित थिए । अन्य वक्ताहरुले जातीय विकासका लागि सम्बन्धित सबै पक्षको सक्रिय सहभागिता, समन्वय र सहयोग अपरिहार्य भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button