नेताहरु खराब हुनुको पछाडि जनतामा पनि कमिकमजोर छ । जनताले नेताहरुलाई दबाब दिन सकेका छैनन् । सांसद बेनपछि, मन्त्री बनेपछि पछि पछि लाग्ने, जुलुस निकाल्ने, ठूलो ठूलो माला लगाइदिने, मिठाईले तौल गर्ने, अविर माला लगाउने, भोजभतेर गर्ने रमाइलो गर्ने मात्र छ । जनताले सामुहिक प्रयास दिन सकेनन्, सामुहिक दबाब दिन सकेनन् । आफ्नो काम भयो, अरुको मलतब छैन । अवस्था निरासाजनक छ ।
‘समृद्ध नेपाल सुखी नेपाली’ नारामा मात्र होइन्, नेकपा एमालेले यो सपनालाई साकार पार्छ । पार्टीका अध्यक्ष केपी शर्मा ओली अहिले प्रधानमन्त्री हुनुहुन्छ । तर हामीले तलबाट काम गरिहेका छौँ । तल स्तरबाट समस्याको उठान गरेर जनजीविका सहज र सरल बनाउने काम गर्छौ । मेरो पार्टीले मलाई स्थानीय तह हेर्ने जिम्मेवारी दिएको छ । त्यो हेर्दैछु । अहिले के भइरहेको छ, स्थानीय तहमा मेयर उपमेयरको लफडा छ । मिलेर काम गर्न सक्ने अवस्था छैन । मेयर हाकिमको लफडा छ । मेयरले आफ्नै गुट चलाएको छ । उपमेयरको आफ्नै गुट छ । स्थानीय तहमा विवादै विवाद छ । जनताको काममा उहाँहरुको खासै ध्यान छैन । एमाले जितेको ठाउँमा पनि यहि हालत छ । जहाँ एमालेको सेट जितेको छ वा भनौं जहाँ हाम्रो बहुमत छ, त्यहाँ हामीले मिलाएका छौं । त्यहाँ कम विवाद छ ।
तर, हाम्रो बहुमत नभएको ठाउँमा, मेयर उपमेयर एउटै पार्टीको नभएको ठाउँमा यस्तो समस्या धेरै छ । जनता दैनिक रुपमा आफ्नो काम लिएर जान्छन् । राम्ररी काम हुँदैन । आज एक जनाले बन्द गरेको छ । भोली अर्कोले तालाबन्दी गरेको छ । पर्सी अर्को आएर तालबन्दी खोल्छ, विवाद हुन्छ । यो सबले जनता आजित भएका छन् । एमाले जितेको ठाउँमा हामीले राम्रो गर्ने प्रयास गरिरहेका छौ, तर समय लाग्छ । हामी धेरै माथि नजाऔँ, यहि तलबाट कुराकानी गर्दै, सहजरुपमा मिलेर काम गर्दै जानुपर्छ ।
हामी कानुनी तरिकाले, वैधानिक तरिकाले कामलाई अगाडि बढाउदैनौं, मात्र भ्रष्टाचार भयो, यहाँ घोटाला भयो, यहाँ कमिसनको खेल भयो । जता पनि यहि कुरा छ । हामीले भ्रष्टाचार हटाउन के गरिरहेका छौँ । सबैले भन्छन्, फलानोले भ्रष्टाचार गरिरहेको छ, चिलानो पार्टीले भ्रष्टाचारलाई प्रसय दिइरहेका छन् । सबले एक अर्कालाई मात्र दोष दिइरहेका छन् । तर, कसैले यो भ्रष्टाचारको जड कहाँ छ, कसरी भइरहेका छन् । यसमा हामी कति दोषी छौँ, भन्ने आत्मसमीक्षा गर्न जरुरी छ ।
हाम्रो देशमा मधेशमा सम्भावना बोकेको क्षेत्र हो, कृषि । आज कृषिको अवस्था कस्तो छ । सबैलाई थाहा छ । मेरो पार्टी एमालेबाट पटक पटक कृषि मन्त्री बन्नु भएको छ । तर, के भयो । केही सुधारभएको होला तर आमूल सुधार त भएको छैन नि । कसरी हुन्छ, यहाँ सिस्टम छैन, सिस्टम नभएपछि कोही मन्त्री बनेपनि केहि गतिलो प्रगति हुँदैन । जहिले पनि खेति बेलामा खाद छैन, बिउँ छैन, मल छैन भन्ने मात्र हुन्छ । किसानहरु जेन तेन गरेर भारतबाट खादमल, बिउँ ल्याउनु हुन्छ । त्यो दुःख त सबैले देख्नुभएकै छ । नेपालमा कोही किसानको लागि काम गर्ने कुनै पार्टी नै छैन । नगदी बालीको लागि कसैले केहि गरेका छन् । अहिले पर्सामा चिनी मिल छ, बन्द छ, कषि औजार बन्द छ । वीरगंज चिनी मिल सञ्चालन गर्ने कुरा पर्साका कुनै पनि सांसद वा मन्त्रीले संसदमा उठाउनु भएको छ । महावीर पुनले एक्लै चिनी मिल चलाउँछु भनेर हिड्नु भएको छ । उहाँलाई म सलाम गर्छु । हाम्रो पार्टीका नेताहरुले पनि कृषि क्षेत्रमा केही गुर्न भएको छैन ।
पर्साका जनप्रतिनिधिहरु त हुनुहुन्छ नि तर नारायणी रंगशालाको कुरा उठाउनु भएको छैन । तर, एक रुपैयाँको बजेट छैन । रातो किताब पल्टाएर हेर्नुस् नारायणी रंगशालाको लागि बजेट छैन, मधेश प्रदेशकै लागि कुनै पनि रंशशालाका लागि बजेट छुट्याइएको छैन । दशरथ रंगशालापछि कै दोस्रो ठूलो रंगशाला हो नारायणी । तर, केही गर्न सक्ने अवस्था छैन । एउटा महावीर पुनले किताब बेचेर करोडौँ रकम संकलन गर्नु भएको छ । तर हामी हाम्रो क्षेत्रको विकासका लागि एक रुपैयाँ पनि सरकारसँग बजेट लिन सकेका छैनौँ । यो हाम्रो दोष हो, हाम्रो केहि हैसियत छैन । मलाई यो कुरा स्वीकार गर्न कुनै संकोच छैन ।
सडक बनाउने, बिजुली बत्ति जोड्ने बाहेका केही काम छैन । कृषि, शिक्षा, स्वास्थ्यको क्षेत्रमा कुनै प्रगति छैन चारै तिर निरासा छ । नेताहरुको एकमात्र चाहना आफु पदमा पुगौं, आफै खाउँ, आफै लगाऔँ भन्ने मात्र छ । नेताहरु खराब हुनुको पछाडि जनतामा पनि कमिकमजोर छ । जनताले नेताहरुलाई दबाब दिन सकेका छैनन् । सांसद बेनपछि, मन्त्री बनेपछि पछि पछि लाग्ने, जुलुस निकाल्ने, ठूलो ठूलो माला लगाइदिने, मिठाईले तौल गर्ने, अविर माला लगाउने, भोजभतेर गर्ने रमाइलो गर्ने मात्र छ । जनताले सामुहिक प्रयास दिन सकेनन्, सामुहिक दबाब दिन सकेनन् । आफ्नो काम भयो, अरुको मलतब छैन । अवस्था निरासाजनक छ ।
पर्सा जिल्लामा एमालेको अवस्था ठिकै छ । प्रदेशमा पनि ठिकै छ । म आफैपनि प्रदेशको उपाध्यक्ष रहेको नाताले प्रदेशमा पनि एमाले बलियो छ । पर्सामा मान्छेले पार्टी चलाउने होइन । पार्टीले पार्टीलाई चलाउनु पर्छ । व्यक्ति कन्द्रित हुनु भएन । नयाँ मान्छेलाई अवसर दिइएको छ । अधिवेशनबाट नयाँ पुस्ता आउनु भएको छ । पूराना व्यक्ति, नेताको सल्लाहमा पार्टीलाई चलाउदा सहि हुन्छ । एकलै अगाडि बढाउन खोज्दा पार्टी दुर्घटनामा पनि पर्न सक्छ ।
जनतामा जानु पर्यो, जनताको मन जित्नुपर्छ, नेताको मन जित्नु पर्छ, समग्रमा पार्टी कै मन जित्नु पर्छ । पार्टीमा प्रतिवद्ध भएर लाग्नु पर्छ । पार्टीमा लगानी छैन, धैर्यता छैन, आज एउटा पार्टीमा छ, पदमा हुँदासम्म बस्छ, पदबाट हटेपछि फेरी अर्को पार्टीमा जान्छ । नयाँ नेतामा यो समस्या छ । अवसरवादी चरित्रका नेताहरु छन् , तपाईले देख्नु भएको छैन । आज यता छ भोली चुनावमा कुदेर अर्को पार्टीमा जान्छ, टिकट पाएन भने यो पार्टी खराब हो भन्छ, अर्को पार्टीको गाडीमा घुम्छ । धेरै कुरा छ । कोही टिकट नपाएर स्वतन्त्र लडेर आफ्नै पार्टीको उम्मेदवारलाई हराउन लाग्छ । पूराना नेतामा यो समस्या त्यति हुँदैन, उनीहरु परिपक्व भइसकेका हुन्छन् । पार्टीमा पदका लागि मात्र बस्ने होइन्, पार्टी भनेको छ विचार हो, विचारसँग जोडिनु पर्छ । जनताको सेवा गर्नु पर्छ ।
(नेकपा एमाले मधेश प्रदेश कमिटीका उपाध्यक्ष विचारी यादव इमान्दार, स्पष्ट र निर्भिक वक्ता हुन् । करिब ४ दशकदेखि राजनीतिमा होमिएका उनी २०४९ सालमा तत्कालीन प्रसौनी विर्ता गाउँपालिकाको उपाध्यक्ष निर्वाचित भए । दोस्रो संविधान सभाका सदस्यसमेत रहेका उादवसँग गरिएको संवादको सम्पादित अंश ।)