निर्वाचनको माग गर्दै औषधि व्यवसायी सडकमा

[mashshare]

मधेशदृष्टि
वीरगंज ।
स्थगित निर्वाचन गराउन माग गर्दै नेपाल औषधि व्यवसायी संघ पर्सा सडकमा उत्रिएको छ । शनिबार वीरगंजमा निर्वाचनको माग गर्दै औषधि व्यवसायीहरु सडकमा उत्रेका हुन् । नेपाल औषधि व्यवसायी संघ पर्साको दोश्रो अधिवेशन गत असार ८ गते सम्पन्न हुँदै गर्दा निर्वाचन भने स्थगित भएको थियो । निर्वाचनमा अध्यक्ष पदको उम्मेदवार मानव राजपालको नेतृत्वमा शनिबार औषधि व्यवसायीहरु वीरगंजको घण्टाघरमा जम्मा भएर विभिन्न नारा अंकित हाते प्लेकार्ड बोकी नारा लगाउँदै नगर परीक्रमा पश्चात् संघको कार्यालय पुगी कोणसभामा परिणत भएको थियो । अधिवेशनमा आफू हार्ने निश्चित देखेर विपक्षी उम्मेदवारहरुले निर्वाचन स्थगित गरेको उनीहरुको आरोप छ ।

नेपाल औषधि व्यवसायी संघ केन्द्रिय समितिको निर्णयलाई आफुखुशी अपव्याख्या गरि मनोमानी तरिकाले जिल्ला शाखा अघि बढेकोमा केन्द्रिय समितिको ध्यानाकर्षण भएको भन्दै निर्वाचन समितिको कार्यालय नेपाल औषधि व्यवसायी संघ पर्सा जिल्ला शाखालाई थप प्रमाण सहित स्पष्टताका साथ केन्द्रिय समितिलाई जानकारी गराउन पत्र पठाएको थियो । तर पनि अटेर गरि करिब २ महिना देखि उहाँहरु निर्वाचन गर्न नै नचाहेको राजपालको आरोप छ ।

‘पूर्व अध्यक्ष लगायत प्रदेश समितिका आफन्तलाई मिलाएर सहमतिमा कार्यसमिति बनाउने खबर आफुहरुले पाएर श्रावण २६ गते बैठकमा जादा त श्रावण १९ गते शनिबारको मिति हालेर पदाधिकारी सदस्यहरुलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको देख्दा आफुहरु निकै दुखका साथ आर्श्चयमा परेका थियौ । जबकी सो प्रमाण पत्रमा १९ गते नै राजिनामा गरिसकेका निर्वाचन अधिकृतको हस्ताक्षर रहेको थियो । यो सरासर बेईमानी मात्र हैन अपराध नै हो’, राजपालले भने । अब अविलम्ब निर्वाचन गराई औषधि व्यवसाय एवं व्यवसायी प्रतिको साख सम्मान जोगाउन उनले आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button