जनकपुर उद्योग वाणिज्य संघमा निर्वाचनको रौनक

[mashshare]

वीरेन्द्र रमण
जनकपुरधाम ।
जनकपुर उद्योग वाणिज्य संघको निर्वाचन कार्यतालिका सार्वजनिक भएसँगै उम्मेदवारले प्रचारप्रसारलाई तिव्रता दिएका छन् । निर्वाचन समितिले निर्वाचनको सम्पूर्ण तालिका सार्वजनिक गरेपछि उम्मेदवारहरु स्पर्धामा उत्रिएर मतदाताको मन जित्न लागेका छन् । मनोनयनपत्र दाखिला भदौ १४ गते हुने जानकारी निर्वाचन समितिका संयोजक ललित साहले जानकारी दिए ।

तालिकाअनुसार भदौ ७ गते मतदाता नामावली प्रकाशन गरिएको छ । भदौ ९ गते अर्थात् आज आइतबार मतदाता नामावलीमाथि दाबी विरोध तथा सच्याउने कार्य हुनेछ । सोमबार भदौ १० गते अन्तिम नामावली प्रकाशन गरिनेछ भने भदौ १३ गते मनोनयनपत्र वितरण गरिनेछ । भदौ १४ गते मनोनयनपत्र दाखिला कार्यक्रम छ । बिहान १० बजेदेखि ४ बजेसम्म उम्मेदवारी दाखिला हुनेछ । सोहीदिन साँझ ६ बजे उम्मेदवारको नामावली प्रकाशन गरिनेछ । निर्वाचन समितिका संयोजक साहले ४ हजार ७५ मतदाता रहेको जानकारी दिए ।

भदौ १५ गते उम्मेदवारमाथि दाबी विरोध, भदौ १६ गते उम्मेदवारको दोस्रो नामावली प्रकाशन, भदौ १७ गते बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी फिर्ता, सोहीदिन साँझ ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन, भदौ २१ गतेदेखि २६ गतेसम्म मतदाता परिचयपत्र वितरण गरिने छ । भदौ २९ गते बिहान ८ बजेदेखि ५ बजेसम्म मतदान हुने जानकारी निर्वाचन समितिले जानकारी दिएको छ ।

निर्वाचन समितिले निर्वाचन तालिका सार्वजनिक गरेसँगै उम्मेदवारहरुले आआफनो एजेन्डासहित प्रचारप्रसारलाई तिव्रता दिएका छन् । अहिलेसम्म अध्यक्षमा तीनजना उम्मेवारले आफ्नो उम्मेदवारी घोषणा गरेर प्रचारप्रसारलाई तिव्रता दिएका छन् । उनिहरुले नगरको विभिन्न पसल पुगेर मत माग्न थालेका छन् ।

अध्यक्ष पदमा जितेन्द्र प्रसाद साह, सुरेन्द्र भण्डारी र मनिष रमण साहले उम्मेदवारी घोषणा गरेर प्रचारप्रसारलाई तिव्रता दिएका छन् । जितेन्द्र पूर्व वरिष्ठ उपाध्यक्ष हुन् भने मनिष निवर्तमान वरिष्ठ उपाध्यक्ष हुन् । भण्डारी पूर्वउपाध्यक्ष हुन् । तीनजनाबीचमै प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

निर्वाचन तालिका
कुल मतदाता संख्याः ४ हजार ७५
भदौ ९ गतेः मतदाता नामावली सच्याउने
भदौ १० गतेः अन्तिम नामावली प्रकाशन
भदौ १३ गतेः मनोनयनपत्र वितरण
भदौ १४ गतेः मनोनयनपत्र दाखिला
भदौ १५ गतेः उम्मेदवारमाथि दाबी विरोध
भदौ १६ गतेः उम्मेदवारको दोस्रो नामावली प्रकाशन
भदौ १७ गतेः उम्मेदवारी फिर्ता, अन्तिम नामावली प्रकाशन
भदौ २१–२६ गतेः मतदाता परिचयपत्र वितरण
भदौ २९ गतेः मतदान

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button