
मधेशदृष्टि
जनकपुरधाम ।
जिल्ला प्रहरी कार्यालय धनुषाले साउन महिनाको प्रगति विवरण सार्वजनिक गरेको छ । पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले सीमावर्ती क्षेत्रमा हुने गरेका चोरीतस्करी नियन्त्रणलाई अभियानका रुपमै सञ्चालन गरिएको जानकारी दिए । उनले भन्सार चोरीनिकासीतर्फ ८३ लाख २३ हजार ३ सय ४५ रुपैयाँ बराबरको सामान बरामद भएको बताए ।
यस्तै, विभिन्न मुद्दाका फरार प्रतिवादी १ सय ५२ जना, वन पैदावारतर्फ १ लाख १५ हजार ४ सय ४, नदीजन्य पदार्थको अवैध उत्खनन्बाट ६ हजार ७ सय ५० रुपैयाँ राजस्व संकलन भएको जानकारी दिए ।
त्यसैगरी, अवैध लागुऔषध ब्राउनसुगर १ सय ग्राम, स्पलेन ४ बोतल, पेण्डाजोल ५ पिस, नाइट्राभेट ट्याब्लेट २ सय ७४ पिस बरामद भएको जानकारी दिइएको छ । उनले ठगीसम्बन्धी निवेदन ५३ वटा प्राप्त भएको र आवश्यक कारबाहीका लागि तालुकका कार्यालयमा ४९ वटा पठाइएको र यस कार्यालयमा काम सम्पन्न भएका १३ वटा रहेको जानकारी दिए ।






