एक महिनामा ११ सय सवारी धनी कारबाहीमा

[mashshare]

सञ्जय मिश्रा
रौतहट ।
रौतहट स्थित ट्राफिक प्रहरीको सक्रियतामा एक महिना भित्र ११ सय सवारी धनीलाई कारबाही गरी नौ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ । गत साउन महिनमा जिल्लाभरीमा नियम बिपरित चलेका ११ सय ५ सवारी धनीलाई कारबाही गरी कुल ९ लाख २५ हजार पाँच सय रुपैयाँ राजस्व संकलन गरिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सुशील आचार्यले बताए ।

कारबाहीमा पर्ने सवारी साधन मध्ये सबभन्दा बढी ट्रकको संख्या ३३८ रहेको छ । ट्राफिक प्रहरीले उपलब्ध गरिएको तथ्याङकमा कारबाहीमा पर्ने सवारी साधनमा दोस्रो स्थानमा २६१ मोटरसाइकल रहेका छन् । त्यसैगरी १७३ कार, जिप, टेम्पो ८६ बस र ५९ ट्याक्टर रहेका छन् ।

जिल्ला ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर आचार्यका अनुसार मापसे ६ ओभरालोड रहेको ३३१ ट्रक, हेलमेट सीट बेल्ट नलगाएको ९२, कागजपत्र नबोकेको २९७, सवारी चालक अनुमतिपत्र नभएको ६२, बती बिग्रिएको ७४, तिव्रगतिको ७ र उद्देश्य बितरित लगेज बोकेको ४० गरी कुल ११ सय ५ सवारी धनीलाई कारबाहीको दायरामा ल्याइएको छ ।

जिल्लामा सवारी दुर्घटना न्यूनीकरण गर्न पूर्व पश्चिम राजमार्गसँग जोडिएको रौतहटको चन्द्रपुर, बागमती, डुमरिया, गौर, गरुडा, बमनहर, मौलापुर, लगायत ग्रामीण भेगसम्म ट्राफिक प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button