३ महिनामा ७ सय ९ महिला पीडित

[mashshare]

मधेशदृष्टि
जनकपुरधाम ।
पछिल्ला तीन अंग्रेजी महिना अप्रिल, मे र जुनमा मधेशका आठ जिल्लामा ७ सय ९ महिलासहित ७ सय ४४ नागरिकको मानवअधिकार हनन भएको पाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका मानवअधिकार उल्लङ्घनका घटना बाहिर ल्याएको हो ।

मधेश प्रदेशमा भएका अधिकार हननका घटनामा अन्य पक्षबाट ७ सय ३० र राज्य पक्षबाट नौ जना पीडित भएका छन् । नौ जना पुरुष राज्य पक्षबाट पीडित भएका हुन् । पाँच आर्थिक सामाजिक तथा राजनीतिक अधिकारका घटना पनि भएका छन् । तीन महिनामा १० महिलासहित १८ जनाको मृत्यु भएको छ ।

वैशाख १२ गते
जिल्लाः सिरहा
ठेगानाः सिरहा नगरपालिका–१८
नामः रियाकुमारी यादव
उमेरः ३ वर्ष
घटनाः हत्या
आरोपीः धनिकलाल यादव (७२), सोना देवी यादव (४७) र पुजाकुमारी यादव (१९)

जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी मुक्तिनाथ सापकोटाले वैशाख १२ गतेदेखि बालिका हराएको सूचना आएपछि खोजतलास गर्दै जादा वैशाख १४ गते आरोपितको घरको सिँढीमुनि बोराभित्र मुसुरोको झ्याङ्ले छोपेर राखेको अवस्थामा शव फेला परेको बताए ।
बालअधिकारका घटनामा ५६ बालिका र पाँच बालक पीडित भएको पाइएको छ ।

बलात्कारका घटनामा ४३ र यौन दुव्र्यवहारका घटनामा सात बालिका पीडित भएका छन् । बालविवाह घटनामा दुई बालिका र एक बालक तथा बेचविखन तथा ओसारपसार घटनामा तीन–तीन बालिका र बालक पीडित भएका छन् । कुटपिटबाट एक बालक र एक बालिका पीडित भएका छन् ।

महिला अधिकारका घटनामा ६ सय ४३ पीडित भएका छन् । तीमध्ये अपहरणमा १, घरेलु हिंसाका घटनामा ५ सय ९४, बेचविखन तथा ओसापसार घटनामा ४, ‘बोक्सी’ घटनामा ८, बहुविवाहका घटनामा ४, बलात्कार घटनामा ११, बलात्कार प्रयास घटनामा १६, यौन दुव्र्यवहार घटनामा ४, महिला भएकै कारण एक महिला पीडित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button