मधेशदृष्टि
बारा ।
सिम्रौनगढ नगरपालिका वडा नम्बर ८ स्थित नेपाल राष्ट्रिय प्राथमिक बिधालय कचोर्वाका शिक्षकको ऋणको तनावले मृत्यु भएको छ । २०७९ चैतमा नियुक्त नरेन्द्र पराजुलीले साउनदेखि तलब नपाएपछि बढेको तनावका कारण बेहोस भएका थिए । लगत्तै उनको मृत्यु भएको हो ।
सिन्धुपाल्चोकका पराजुली विद्यालयका स्थायी शिक्षक भए पनि नगरपालिका र विद्यालय व्यवस्थापन समितिको व्यवस्थापन कमजोरीले साउनदेखि तलब भत्ता वितरण गर्न बाँकी थियो । पराजुली मधेश झरेर जागिर गर्दा तलब नआएपछि विभिन्न पसलको उधारो र मिटर ब्याजदरमा लिएको ५० हजार ऋण दशैँमा लिएर तिर्न नसकेपछि मानसिक तनावमा थिए । त्यही तनाव बढेर बेहोस भएपछि उनको मृत्यु भएको हो ।
मधेशका धेरै स्थानीय तहले तलबभत्ता दिन सकेका छैनन् ।