
मधेशदृष्टि
वीरगंज ।
सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत वीरगंजमा वृक्षारोपण गरिएको छ । मंगलबार वीरगंज महानगरपालिका वडा नम्बर १४ सिद्धार्थ माध्यमिक विद्यालय चिनी मिल पर्साको प्रांगणमा रहेको आशा किरण केन्द्र अगाडि वृक्षारोपण गरिएको हो । सो अवसरमा नागरिक समाजका प्रतिनिधि, सुरक्षाकर्मी तथा सञ्चारकर्मीको सहभागितमा विभिन्न प्रजातीका ९० थान विरुवा रोपिएको ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतानले बताए ।
ग्रिन सिटी सामुदायिक सेवा केन्द्र तथा ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर, महावाणिज्य दूत वीरगंज, वीरगंज महानगरपालिका र आशा किरण केन्द्र वीरगंज पर्साको संयुक्त आयोजनामा बृहत वृक्षारोपण कार्यक्रमको आयोजना गरिएको हो । ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतानको अध्यक्षतामा भएको वृक्षारोपण कार्यक्रमका प्रमुख अतिथी जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी कुमोध ढुंगेल रहेका थिए ।
वृक्षारोपण कार्यक्रममा सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, महावाणिज्य दूत वीरगंजका देवी सहाय मिना, प्रहरी निरीक्षक निता थापा, डिभिजन वन कार्यालय पर्साका सुनिल कुमार कर्ण, ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका उपाध्यक्ष संजय शर्मा, सामुदायिक आँखा अस्पताल वीरगंजका संयोजक डाक्टर महेश सिंह धामी, प्रहरी बरिष्ठ हवल्दार विवेक राउत कुर्मी, प्रहरी जवान पूर्ण कुमारी श्रेष्ठ र अम्मर सिंह साउदलगायतको सहभागिता रहेको थियो ।








