खेलकुदको विकासमा सरकार गम्भीरः मुख्यमन्त्री

[mashshare]

मधेशदृष्टि
जनकपुरधाम ।
मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिश कुमार सिंहले खेलकुदको विकासमा मधेश सरकार गम्भीर रहेको बताएका छन् । उनले यसका लागि विशेष बजेट व्यवस्था गरिने बताए । आइतबार महेन्द्रनारायण निधि सांस्कृतिक केन्द्रमा आयोजित मधेश प्रदेश स्पोर्ट्स फर अल कमिसन ओलम्पिक दिवस २०२४ समापनमा मुख्यमन्त्री सिंहले यस्तो बताएका हुन् । उनले थपे, ‘पहिले आमाबाबुलाई खेलकुदमा रुचि राख्ने बच्चाको चिन्ता थियो। तर आज समय बदलिएको छ, देशविदेशमा आफ्नो प्रतिभा देखाउने खेलाडीले आफ्नो परिवारसँगै देशको नाम पनि राखेका छन् ।’ मुख्यमन्त्री सिंहले खेलकुदले अनुशासन सिकाउने बताए । उनले बालबालिकाले पढाइसँगै खेलकुदमा पनि रुचि राख्नुपर्ने बताए ।

कार्यक्रममा नेपाल स्पोर्ट्स खेलकुद आयोगका अध्यक्ष विष्णुगोपाल श्रेष्ठले क्रिकेट, जुडो कराते, बक्सिङलगायतका खेलमा पनि नेपाली खेलाडीले पहिचान बनाइरहेको बताए । जनकपुर उपमहानगरपालिकाका मेयर मनोजकुमार साहले जनकपुरधाममा अन्तर्राष्ट्रिय रामजानकी रंगशाला निर्माणका लागि जनकपुरधाम उपमहानगरपालिकाले पहल गरिरहेको बताए ।

पूर्वमेयर बजरंगप्रसाद साहको अध्यक्षतामा भएको कार्यक्रममा संविधानसभा सदस्य तथा नेपाल सरकारका पूर्वराज्यमन्त्री अरविन्दकुमार साह, नेपाली कांग्रेस धनुषाका सभापति योगेन्द्र पञ्जियार, वडाध्यक्ष रामचन्द्र पञ्जियार, सुरेश झा, परमेश्वर साह, नेपाल रेडक्रस धनुषाका अध्यक्ष नरेशकुमार सिंह, नेपाल केमिस्ट एन्ड ड्रगिस्ट एसोसिएसन धनुषाका अध्यक्ष प्रमोदकुमार अग्रवाल, जनकपुर पेट्रोलियम डिलर्स एसोसिएसनका वरिष्ठ उपाध्यक्ष ललितकुमार साह, बलराम साह, रीता घिमिरेलगायतको सहभागिता थियो । विभिन्न विद्यालयका उत्कृष्ट खेलाडीलाई मेडल र प्रमाण पत्र वितरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button