
मधेशदृष्टि
वीरगंज ।
पर्सा जिल्लाको छिपहरमाई गाउँपालिकाको १९औँ गाउँ सभा सम्पन्न भएको छ । गाउँपालिकाको सभा हलमा शुक्रबार भएको गाउँ सभाको उद्घाटन गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ताले गरेका थिए । आर्थिक वर्ष २०८१÷०८२ का लागि ३७ करोड १७ लाख ५२ हजार रुपैयाँ बराबरको अनुमानित बजेट गाउँ सभाबाट नीति तथा कार्यक्रम प्रस्तुतिकरण गरेका थिए । गाउँ सभामा गाउँपालिकाको पाँचै वडाको योजना प्रस्तुत गरी पारित गरिएको छ ।
०८१÷८२ को बजेटमा गाउँपालिकाका अध्यक्ष गुप्ताले पहिलो प्राथमिकतामा नेत्रदान पालिका अनुदान अन्तर्गत पालिकाका गरिब असहाय, दलितलाई निःशुल्क आँखाको अप्रेसन तथा उपचार गराउने जनाएको छ । महिलाहरु को पाठेघरको अप्रेसन खर्च प्रति बिमारी मा १५ हजार रुपैयाँको दरले उपचार खर्च दिने गाउँपालिको जनाएको छ ।
छिपहरमाई गाउँपालिकामा सञ्चालनमा रहेको पल्स टु का छात्रछात्रालाई ड्रेस भता बापत रकम अनुदान दिनेभएको छ । गाउँपालिकाबाट एमबिबिएसमा नाम निकाल्ने विद्यार्थीहरुलाई अनुदान स्वरुप एक लाखदेखि दुई लाख रुपैयाँसम्म सहयोग गर्ने गाउँपालिका अध्यक्ष गुप्ताले घोषण गरेका छन् । साथै शिक्षा, स्वास्थ्य कृषि, सिचाई, विपद व्यवस्थापन, युवा रोजगार, भौतिक पुर्वधार, पर्यटन पर्वद्धन, उज्यालो छिपहरमाईलगायतमा जोड दिएको गाउँपालिका अध्यक्ष गुप्ताले बताए । उनले छिपहरमाई गाउँपालिकामा भौतिक विकास निर्माणको साथै नयाँ योजनाहरु ल्याएको बताए । अध्यक्ष गुप्ताले भने, ‘नेपालको पहिलो गाउँपालिका छिपहरमाई हो । जहाँ प्रत्येक वडाहरुमा बर्थिंग सेन्टर सञ्चालन गरी सेवा दिरहेको छ ।’
विकासमा स्थानीय जनसमुदाय, जनप्रतिनिधि र कर्मचारीहरुको सहयोगका कारण विकासको गति लिएकोमा सबै जनालाई धन्यवादसमेत दिए । गाउँपालिकाको विकासका लागि सबैसँग हातेमालो गर्न आफू तयार रहेको अध्यक्ष गुप्ताको भनाइ थियो । गाउँपालिकाको विकासमा सबै जनताको साथ सहयोग पहिलेदेखि नै रहेको उल्लेख गर्दै उनले आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिन आग्रह गरे । गाउँ सभा कार्यक्रममा गाउँपालिका उपाध्यक्ष लिलावती देबी कानु, प्रमुख प्रसाशकीय अधिकृत शनि साह कानु, समाजसेवी किशोरी साह कानु, वडाध्यक्ष कामेशवर यादव, महेन्द्र साह कलवार, दिपेन्द्र कुमार सिंह, रामेश्वर प्रसाद महतो, मौजिलाल साह कानु, कार्यपालिका सदस्य बलिस्टर साह, नरेश साह कलवार लगायतले गाउँ सभामा शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।






