व्यापार विस्तार तथा पर्यटन विकासबारे छलफल

[mashshare]

मधेशदृष्टि
वीरगंज ।
वीरगंज उद्योग वाणिज्य संघ र भारतको पूर्वी चम्पारणस्थित मोतिहारी चेम्बर अफ कमर्शबीच द्विपक्षीय व्यापार सम्बन्ध विस्तार तथा पर्यटन विकासका लागि छलफल भएको छ । मोतिहारीमा आयोजित कार्यक्रममा उद्योग, व्यापार, पर्यटनलगायतका क्षेत्रको खस्कँदो अवस्थालाई दृष्टिगत गरेर नेपाल भारतका सिमाञ्चल क्षेत्रका औद्योगिक एवम् व्यापारिक सम्बन्ध विस्तार सम्बन्धबारे छलफल भएको हो ।

कार्यक्रममा वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अनिलकुमार अग्रवालले वीरगंजको बढ्दो महत्व, यसले बोकेको सम्भावना र मुलुककै आर्थिक उन्नयनमा खेलेको भूमिका उजागर गर्दै यस क्षेत्रमा लगानी गर्न आग्रह गरे । उनले नेपालमा औद्योगिक लगानी गर्न चाहनेका लागि वीरगंज अत्यन्तै उपयुक्त रहेकाले लगानी गर्न आग्रह गरे । अध्यक्ष अग्रवालले नेपालको भौगोलिक विविधताका कारण विश्वका जुनसुकै मुलुकबाट आउने पर्यटकले रोजेअनुसारको हावापानी पाउने भएकाले जोसुकैका लागि नेपाल आकर्षणको केन्द्र बनेको बताउँदै पर्यटकका रुपमा नेपालका विभिन्न पर्यटकीय स्थलको भ्रमण गर्न आग्रह गरे ।

मोतिहारी चेम्बर अफ कमर्शका अध्यक्ष राजीव विजडमले वीरगंज नेपालको प्रमुख औद्योगिक क्षेत्र रहेको र कुल राजस्वको करिब ५० प्रतिशतभन्दा बढी योगदान रहेको तथा औद्योगिक लगानीका लागि पर्याप्त सम्भावना रहेकाले इच्छुकलाई वीरगंज क्षेत्रमा लगानी गर्न आग्रह गरे । साथै, वीरगंज औद्योगिक विकासमा धेरै अगाडि बढिसकेकाले त्यहाँका उद्योगले अपनाइरहेका प्रविधि भित्र्याउन समेत आग्रह गरे । कार्यक्रममा दुवै चेम्बरका पदाधिकारी, कार्यसमिति सदस्य, उद्योगी व्यवसायीलगायतको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button