पत्रकार छठु साहलाई दुब्र्यवहार गर्ने प्रहरीमाथि कारवाहीको माग

[mashshare]

मधेशदृष्टि
वीरगंज ।
नेपाल प्रेस युनियन पर्सा शाखाले युनियनका सदस्य एवं कालिका टाइम्सका प्रबन्ध निर्देशक छठु छद साहमाथि नेपाल प्रहरी गरेको दुव्र्यवहारको भत्सना गरेको छ । प्रेस युनियन पर्साका अध्यक्ष विजयकुमार महत्तो (चौहन)द्वारा आइतबार विज्ञप्तीमा उक्त घटनाको भत्साना गरेको हो ।

पर्साको कालिकामाई गाउँपालिका बडा नंबर २ गदियानीमा गाउँपालिकाले सञ्चालन गरेको कृषि तथा पशु उपशाखा कार्यालयको भवन भत्काउने असार १ गतेका दिन, प्रहरीले स्थानिय महिलाहरुमाथि गरेको ज्यादतीको भिडियो रेकर्ड गर्ने क्रममा प्रहरीले सञ्चारकर्मी साहमाथि जाई लाग्दै, मोबाइल खोसेर फुटाउनका साथै अमानवीय व्यवहार गरेको भन्दै युनियनले विरोध जनाएको छ ।

महिलामाथि, पुरुष सुरक्षाकर्मीले बल प्रयोग गरेको भिडियो समाचार प्रायोजनका लागि खिच्नु सञ्चारकर्मीको अधिकार भएपनि, प्रेस स्वतन्त्रतालाई समेत कुण्ठित गर्ने गरी प्रहरीले सञ्चारकर्मी साहमाथि आक्रमण गरेको युनियनको ठहर छ ।

त्यसैगरी, पत्रकार छठु साहमाथि भएको घटनालाई लिएर समाजवादी प्रेस संगठन पर्सा शाखाले पनि भत्सना गरेको छ । प्रहरीले गुडागर्दी शैलीमा सञ्चारकर्मीमाथि दुरव्यवहार गर्नु राज्यपक्षबाट सञ्चारमाध्यममाथिको प्रहार भएको जनाएको छ । पत्रकार साह घाइते हुँदा पनि उपचारसमेत नगराइ दिनभरी हिरासतमा राख्नु मानव अधिकारको उल्लघंन भएको समाजवादी प्रेस संगठनको ठहर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button