
सञ्जय मिश्रा
रौतहट ।
डिभिजन वन कार्यालय बाराका प्रमुख विनोद कुमार सिंहलाई काठमाडौंमा सम्मानत गरिएको छ । नेपाल वन प्राविधिक संघद्वारा बबरमहलमा आयोजित कार्यक्रममा वन संरक्षण र व्यवस्थानपनमा खेलेको भूमिकाको उच्च कदर गर्दै प्रमुख सिंहलाई सम्मान गरिएको हो । सिंहलाई उपराष्ट्रपति रामसहाय यादव र संघका अध्यक्ष किरण पौडेलले सम्मानित गरेका थिए।
कार्यक्रममा उपराष्ट्रपति यादवका साथै वन मन्त्रालयका सचिव, नेपाल वन प्राविधिक संघका पदाधिकारीलगायत सरकारका विशिष्ट श्रेणीका कर्मचारीको सहभागिता थियो । डिभिजन प्रमुख सिंह यसअघि रौतहट डिभिजन वन कार्यालय प्रमुख हुँदा पनि वन संरक्षणमा अहोरात्र खट्दै आएका थिए । रौतहटमा सिँह प्रमुख हुँदा अवैध चोरी कटानी तथा काठ तस्करी तुलनात्मकरूपमा न्यून थियो । उनको कार्यकालमा तस्कर पूर्णरुपमा हरेस खाएको स्थानीयले महसुस गरेका थिए ।






