अब माओवादी फुट्छः यादव

[mashshare]

मधेशदृष्टि
वीरगंज ।
सत्ता गठबन्धनबाटै पार्टी विभाजनको प्रहारमा परेका जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अब पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार चाँडै ढल्ने र नेकपा माओवादी केन्द्र पनि फुट्ने दाबी गरेका छन् । यद्यपि अब अध्यादेश ल्याएरै सत्ता गठबन्धन नेकपा एस फुटाउने तयारीमा रहेको चर्चा बढी भइरहेको छ ।

सत्ताधारी पार्टीका प्रमुख घटक एमालेलाई समेत बेइमानी गरी बजेट ल्याएकाले सरकार दुई चार दिनसमेत नचल्ने अध्यक्ष यादवले दाबी गरे । आइतबार जसपा नेपाल कपिलवस्तुले तौलिहवामा गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गदै उनले भने, ‘अहिलेको बजेटको बिषयमा केपी ओलीले समेत असन्तुष्टि पोख्नुले पनि यो सरकारका आयु धेरै नभएको सङ्केत देखिएको छ ।’

‘अहिलेको बजेट माओवादीले एकलौटी ढंगले ल्याएको छ, त्यसैले अब यो सरकार चाँडै धरासायी हुन्छ,’ उनले भने, ‘आफ्नो पार्टीलाई पनि प्रचण्डले सरकार बचाउने नाममा फुटाएका हुन्, शिशाको घर भएकाले अरूको घरमा पत्थर हानेकोले यसको परिणाम चाँडै आउने छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button