चार जिल्लामा राष्टिय मुक्ति क्रान्तिको प्रशिक्षण

[mashshare]

मधेशदृष्टि
वीरगंज ।
दोस्रो चरणको कार्यक्रम अन्र्तगत घोषणा गरिएका एक सय एक कार्यक्रम मध्ये राष्टिय मुक्ति क्रान्ति अभियानले सोमबार चार जिल्लामा प्रशिक्षण तथा अन्तक्रिया गरेको छ । नेता राजेन्द्र महतो नेतृत्वको यो अभियानले गएको शनिबार दोस्रो चरणको कार्यकम घोषणा गर्दै देशव्यापी प्रशिक्षण, अन्तक्रिया तथा शक्ति प्रर्दशन गर्ने कार्यक्रम तय गरेको छ । जस अनुसार सोमबार सुनसरीको धरान, पश्चिम रुकुमको खलङ्गा, काठमाडौँको टोखामा अन्तक्रिया गरेको छ भने सिन्धुलीको मरिनछापमा प्रशिक्षण कार्यकम गरेको छ । यसअघि आइतबार पनि पुर्वी रुकुम, सिन्धुली र काठमाडौँको दुुई ठाउँमा अभियानले कार्यकम गरेको थियो ।

दोस्रो चरणको आन्दोलन अन्तर्गत अन्तरक्रिया, बृहत सभा, बृहत सम्वादात्मक कार्यक्रम, विरोध प्रर्दशन, आम सभा, प्रशिक्षण जस्ता कार्यक्रम घोषणा गरेको छ । अभियानले जेठ ६ गते पूर्वी रुकमबाट अभियानको सुरुवात गर्दै असार ४ गते माइतीघर मण्डलाबाट नेवाः राष्ट्रको सत्ता दाबी गर्दै कार्यक्रमको समापन गर्नेछ । १०१ वटा कार्यक्रम घोषणा गरेको अभियानले जेठ १५ गते वीरगंजमा सम्वादात्मक कार्यक्रम गर्ने छ भने जेठ १६ गते बाराको कलैयामा अन्तरक्रिया कार्यक्रम गर्नेछ ।

त्यसैगरी जेठ २१ थरुहट र मगरातको सामुदायिक गुठी विशेष बृहत् सांस्कृतिक प्रदर्शनी तथा आमसभा दाङमा आयोजना गर्नेछ । त्यस्तै जेठ २६ गते विराटनगरमा कोशी नाम खारेजी तथा राज्य पुनसंरचना विरुद्ध वृहत् प्रदर्शनी तथा आमसभा, जेठ २९ गते बाग्लुङको बुर्तिवाङमा ढोरपाटन सिकार आरक्षणविरुद्ध बृहत् सांस्कृतिक प्रदर्शनी तथा आमसभा हुनेछ भने असार १ गते मधेशी पहाडी बृहत् एकता प्रदर्शनी तथा आमसभा सर्लाहीमा गर्नेछ ।

अभियानले नेवाः राष्ट्रिय परिषद्, चौवाङ राष्ट्रिय परिषद्, मगर राष्ट्रिय परिषद्, लिम्बुवान राष्ट्रिय परिषद्, चेपाङ राष्ट्रिय परिषद् गरी १२ वटा परिषद् गठन गरेको छ । यस्ता ५० वटा परिषद् बनाउने तयारी अभियानको रहेको छ । परिषद्हरू सबैले आ–आफ्नो सत्ता आफै सञ्चालन गर्नेछन् । तिनीहरूका आफ्नै विधान र संरचना हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button