केएनपी जापान प्रालीद्वारा सिलाई मेसिन सहयोग

[mashshare]

मधेशदृष्टि
वीरगंज ।
विश्व हिन्दू परिषद् नेपालको पर्सा जिल्ला समितिले सिलाई केन्द्रको उद्घाटन गरेको छ । समितिद्वारा महिला सशक्तिकरणका लागि सिलाई केन्द्रको योजना अन्तर्गत केएनपी जापान प्रा.लीका निर्देशक अशोक वैद्यको सहयोगमा प्राप्त तीन थान सिलाई मेशिनका सिलाई केन्द्रको उद्घाटन गरिएको हो ।

केएनपी जापान प्रालीका निर्देशक अशोक वैद्य प्रमुख अतिथी रहेको कार्यक्रमको सञ्चालन विश्व हिन्दू परिषद नेपाल, पर्सा जिल्ला प्रमुख ब्रिजेश कुमार मल्लिकले गरेका थिए । र्यक्रमा धर्म जागरण वीरगंज विभाग प्रमुख शशिकान्त मणी त्रिपाठी, केएनपीका प्रविण जाधव, पाण्डे बरवा गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष सुनिल महतो कोइरीलगायत स्थानीयहरुको सहभागिता रहेको थियो । कार्यक्रम सिलाई कटाई सम्बन्धी जानकारी शशिकान्तमणि त्रिपाठीले दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button