रक्सौलमा १२ वर्षीया बालिकामाथि सामुहिक बलात्कार

[mashshare]

मधेशदृष्टि
वीरगंज ।
भारत, बिहारको रक्सौलमा सामुहिक बलात्कारको घटना बाहिरिएको छ । जहाँ १२ वर्षीया बालिकामाथिको पाशविक घटना बाहिर आएको छ । बालिकामाथि सामुहिक बलात्कार भएको छ । मानव समाजलाई नै लज्जित पार्ने घटनाले सबैलाई स्तब्ध बनाएको छ ।

१२ वर्षीया बालिकालाई लागुऔषधको सुई लगाएर चार दिनसम्म सामुहिक बलात्कार गरी घटनाबारे कसैलाई बताए ज्यान मार्ने धम्की दिएर परिवारलाई छाडिएको घटना बाहिर आएको हो । तर, पीडितकी आमा र मामाले साहस देखाउँदै यो विषय प्रहरीमा पुर्याएपछि घटना बाहिर आएको हो । घटनाविवरणअनुसार, रक्सौल थानाक्षेत्र अन्तर्गतको हरदिया पञ्चायतको वडा नम्बर ५ का सलाउद्दिन अन्सारीका छोरा सोहेल अन्सारी र उनका सहयोगी नवका टोलाका जितेन्द्र कुमारले गत बिहीबार नाबालिग बालिकालाई जबर्जस्ती करणी गरेका थिए । रक्सौलबाट ९ जना अपहरण भएका थिए । पहिले रक्सौलको बाइपासमा सञ्चालित चप्पल कारखानाको घरमा राखेर आवाज निकाल्न नदिन उनलाई बेहोस हुने सुई लगाएर सामूहिक बलात्कार गरिएको थियो ।

अस्पताल स्रोतका अनुसार होस आउनेबित्तिकै सुई लगाइएको पीडितले बताएकी छिन् । पीडित युवतीलाई ४ दिनसम्म यस्तो घटनामा सरिक गराएपछि आइतबार साँझ रामगढवामा ल्याएर परिवारलाई खबर गरेर छोरी लैजान भनिएको थियो । परिवारले बालिकालाई घर लगेका थिए । उनीहरुलाई कसैलाई केही बताए मारिने धम्की दिइएको थियो । पीडित बालिका आइतबार साँझ घर पुग्दा उनको गुप्तांगबाट अत्यधिक रक्तश्राब भइरहेको थियो । छोरीमाथि भएको क्रुरता देखेर आमाले हिम्मत जुटाएर रक्सौल प्रहरी चौकीमा लगेकी थिइन् ।

प्रहरीले तत्कालै घटनाको जानकारी लिएको र पीडितको अवस्था लगातार नाजुक बन्दै गएको देखेर उपचारका लागि उपविभागीय अस्पताल लगिएको थियो, त्यसपछि पीडितलाई राम्रो उपचारका लागि मोतिहारी र पछि मुजफ्फरपुर रिफर गरिएको थियो । हाल, पीडित महिलाको एसकेएमसिएच अस्पतालमा उपचार भइरहेको छ, जहाँ उनको अवस्था गम्भीर रहेको बताइएको छ । यता प्रहरीले छापा मारेर अभियुक्त जितेन्द्र कुमारलाई पक्राउ गरी न्यायिक हिरासतमा पठाएको छ भने यस सम्बन्धमा रक्सौल थानामा मुद्दा नम्बर १६७–२४ दर्ता गरी फरार अभियुक्त र सहयोग गर्ने व्यक्तिको खोजी भइरहेको छ ।

प्रहरीले मुद्दा दर्ता गरी आवश्यक कारबाही अगाडि बढाएको प्रहरी चौकी प्रमुख राजीव नन्दन सिन्हाले बताए । डिएसपी धीरेन्द्र कुमारले थप केही सुराक फेला परेको र त्यसका आधारमा कारबाही भइरहेको बताए । यो घटनाले शहरलाई लज्जित तुल्याएको छ, रक्सौलमा यस्तो घटना पहिलो पटक भएको हो र बाहिर आएको हो । तर प्रहरी यसमा निकै सक्रिय रहेको देखिएको छ । यो घटनाले प्रश्न उठेको छ कि भारतको दिल्लीको निर्भया काण्डपछि दोषीलाई फाँसी दिइएको थियो, त्यस्ता क्रुरहरूले कहिले बुझ्लान्, यो भन्दा ठूलो कानून के बन्ने ? आखिर, त्यस्ता मानिसलाई कहाँबाट साहस जुटाउँछन् यस्तो कुकर्म गर्न र तिनीहरूको संरक्षक को हुन् ? त्यस्ता मानिसका कारण सिंगो समाज, शहर र मानव समुदाय नै बदनाम र कलंकित भएको छ । भारतको निर्भया बलात्कार काण्ड सम्झाउने गरी सीमावर्ती रक्सौलमा १२ वर्षीया नाबालिकामाथि सामुहिक बलात्कारको घटना सार्वजनिक भएपछि सिंगो रक्सौलका बासिन्दा आक्रोशित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button