पर्साले जित्यो कबड्डीको उपाधि

[mashshare]

मधेशदृष्टि
जनकपुरधाम ।
मधेश प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड अन्तरगत पुरुष तर्फ कबड्डीको उपाधि पर्साले जितेको छ । जनकपुरमा आइबार भएको फाइनल खेलमा धनुषालाई ३८–२९ अंकले पाखा लगाउँदै पर्साले उपाधि जितेको पर्साका कबड्डी प्रशिक्षक आकाश पटेलले जानकारी दिए ।

यसअघि शनिबार भएको सेमिफाइनल खेलमा पर्साले सर्लाहीलाई ४३–१६ अंकको फराकिलो अन्तरले हराउँदै फाइनलमा स्थान बनाएको थियो । शनिबार नै भएको आफ्नो पहिलो खेलमा पर्साले महोत्तरीलाई ४७–१६ अंकले हराएको थियो ।

यस्तै प्रतियोगितामा छात्रा तर्फको खेलमा पर्साले तृतीय स्थान प्राप्त गरेको छ । जनकपुरको कभर्डहलमै आइतबार भएको छात्रा तर्फको स्पर्धामा धनुषालाई नै ३७–३० अंकले हराउँदै पर्सा तृतीय भएको पर्सा कबड्डी संघका अध्यक्ष अमित अग्रवालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button