
मधेशदृष्टि
जनकपुरधाम ।
तेली कल्याण समाज नेपाल जनकपुरधामको नयाँ कार्यकारिणी गठन भएको छ । रामबाबु साहको अध्यक्षतामा मनोनयन गरिएको नयाँ समितिमा उपाध्यक्षमा रमण साह, महिला उपाध्यक्षमा कौशल्यादेवी साह, महासचिवमा अम्बुप्रसाद साह, सचिवमा सुनिलकुमार साह र कोषाध्यक्षमा सुभाषचन्द्र साह मनोनित भएका छन् ।
कार्यकारिणी सदस्यमा निरञ्जन साह, सन्तोष साह, वीरेन्द्रप्रसाद साह, रञ्जितकुमार साह, सुनैना देवी साह, राम करण साह, राकेश कुमार साह, जयप्रकाश साह, रवि कुमार साह, गीता देवी साह, राम स्नेही साह, सुरेश कुमार साह, तेजनारायण साह, राम दुलार साह, महेश साह, राम साह मनोनित भएका छन् । त्यसैगरी वाभु साह, रामनन्दन साह, रामकुमार साह र जीवन साहलाई मनोनयन गरिएको छ ।
नगर कमिटी बैठकमा पूर्व नगर प्रमुख बजरंग साह, जनकपुरधाम उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मनिष रमण साह, तेली कल्याण समाज नेपाल धनुषा जिल्ला अध्यक्ष रामबाबु साह, वडा अध्यक्ष परमेश्वर साह, महेन्द्र साह, दीपेन्द्र साह, पूर्व वडा अध्यक्ष सत्य नारायण साह, विनोद साह, पिंकी साहलगायतको उपस्थिति रहेको थियो ।






