
मधेशदृष्टि
वीरगंज ।
सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा गुल्म अलौ पर्साले भारतर्फ तस्करी गर्न लागिएको ९४ कार्टुन मदिरासहितको सुमो गाडी नियन्त्रणमा लिएको छ । शनिबार वीरगंज महानगरपालिका–१७ स्थित कोनिया नाकाबाट ९४ कार्टुन मदिरासहितको सुमो गाडी नियन्त्रणमा लिएको सशस्त्र प्रहरीका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले बताए ।
भारतीय नम्बर प्लेटको बी आर १० जे ८२०१ नम्बको टाटासुमो गाडीमा अबैध रुपमा लैजाँदै गरेको मदिरा सशस्त्र प्रहरी नायव उपरीक्षक विकाश अधिकारीको कमाण्डमा खटिएको टोलीले बरामद गरेको डिएसपी थापाले बताए ।
उक्त टाटासुमोको चालक भने फरार रहेका छन् । नियन्त्रणमा लिइएको मदिरा र गाडी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय वीरगंजमा बुझाएको डिएसपी थापाले जानकारी दिए ।





