अघोषित लोडसेडिङको विरोधमा परवानीपुरस्थित सव स्टेशनमा प्रदर्शन

[mashshare]

मधेशदृष्टि
वीरगंज ।
अघोषित लोडसेडिङका कारण उद्योगहरु प्रभावित भएपछि उद्योगमा कार्यरत इन्जिनियरहरुले विरोध प्रदर्शन गरेका छन् । वीरगंज पथलैया औद्योगिक करिडोरमा अघोषित लोडसेडिका कारण उद्योगहरु प्रभावित भएपछि शुक्रबार उद्योगमा कार्यरत इन्जिनियरहरुले विद्युत प्राधिकरण परवानीपुरस्थित सव स्टेशनमा प्रदर्शन गरेका हुन् ।

शुक्रबार साँझ औद्योगिक फिडरमा अघोषित लोडसेडिङ भएसँगै सव स्टेशन अगाडी प्रदर्शन गरिएको नारायणी स्पातका इन्जिनियर शनि शर्माले जानकारी दिए । अघोषित लोडसेडिङ विरुद्धको प्रदर्शनमा नारायणी स्पात, जगदम्बा स्टिल, हिमाल आईरन, अशोक स्टिल, त्रिवेणी स्पेनिङ लगायतका उद्योगहरुका इन्जिनियरहरु समेत सहभागी भएको आईरनका इन्जिनियर समिम अलिले जानकारी दिए ।

विगत लामो समयदेखि प्राधिकरणले औद्योगिक क्षेत्रमा अघोषित लोडसेडिङ गर्दा उद्योगहरु धारासायी हुने अवस्थामा पुगेको र अघोषित लोडसेडिङ मधेश प्रदेशमा मात्रै भइरहेको भन्दै इन्जिनियर शर्माले यसको निराकरण नगरे आफूहरु केन्द्रसम्म विरोधका कार्यक्रम सञ्चालन गर्ने चेतावनी समेत दिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button