पर्साका १४ पालिकामा बिपि सेट वितरण

[mashshare]

मधेशदृष्टि
वीरगंज ।
पर्सा जिल्लाका १४ वटा पालिकामा उच्चरक्त चाप चेक जाँच गर्नको लागि बल्डप्रेशर जाँच्ने डिजिटल मेसिन वितरण गरिएको छ । डब्लुएचओ (विश्व स्वास्थ्य संगठन नेपाल)ले मधेश प्रदेशका आठ वटा जिल्लाहरु मध्ये पर्सा जिल्लामा नै उच्चरक्त चापको बिरामी बढी देखिएकाले पर्साको १४ वटा पालिकामा उच्चरक्त चाप चेक जाँच गर्नको लागि प्रत्येक वडामा बल्डप्रेशर जाँच्ने डिजिटल मेसिन वितरणको गरिएको हो ।

पालिका प्रमुखको सहभागितामा स्वास्थ्य शाखा संयोजकलाई सो मेसिन वडा वडामा पु¥याउन चैत २२ गतेदेखि डिजिटल मेसिन हस्तान्तरणको कार्य सुरु भएको जिल्ला स्वास्थ्य कार्यालय पर्साका परिवार नियोजन अधिकृत अनिल मिश्राले जानकारी दिए । पर्साको १४ पालिका अन्र्तगत १३५ वटा वडामध्ये हालसम्म १५ वटा बिपि सेट हस्तान्तरण भएको उनले बताए । बिन्दवासनी गाउँ पालिकामा वडा नम्बर ६, बहुदरामाई नगरपालिकामा वडा नम्बर ९ र पकहा मैनपुर गाउँ पालिकामा नम्बर ५ वटा गरी २० वटा बिपि सेट स्वास्थ्य शाखा प्रमुख सदाम हुसेनलाई हस्तान्तरण गरिएको डब्लुएचओको मधेश प्रदेशका संयोजक कमलेश यादवले जानकारी दिए ।

डब्लुएचओ संस्थाले नेपालमा नसर्ने उच्चरक्त चाप, मधुमेह, दिर्घकालिन स्वास–प्रस्वास र क्यान्सर जस्ता विभिन्न रोग नियन्त्रणको लागि जिल्ला जिल्लामा विभिन्न कार्यक्रम गर्दै आएको छ । ईस्वी सन २०१८ को तथ्यांक अनुसार नेपालमा मुटु तथा रक्तनली सम्बन्धी ३० प्रतिशत, क्यान्सर ९ प्रतिशत, मधुमेह ४ प्रतिशत, दीर्घकालिन स्वास–प्रस्वास १० प्रतिशत र अन्य नसर्ने रोगहरुको कारण १३ प्रतिशतको मृत्यु हुने गरेको छ ।

करिब २२ प्रतिशत नेपाली जनता नसर्ने रोगका कारण ३० देखि ७० वर्ष उमेर समूहका बिचको अल्पायूमा नै मृत्यु हुने जोखिममा रहेको डब्लुएचओले जनाएको छ । व्यक्तिगत घटना दर्ता भन्दा पनि हालका दिनमा करिब ५० प्रतिशत मृत्यु मात्र दर्ता हुने गरेको अनुमान रहेको छ । ड्रिङ्ग ड्राईभ रोक्न (मापसे) चाकजाँच गर्न मधेश प्रदेशको आठ वटा जिल्लामा जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुखलाई ३० वटा मापसे चेकजाँच गर्ने डिजिटल मेसिन पनि हस्तान्तरण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button