अधिकारका लागि संगठित बनौँः उपप्रधानमन्त्री यादव

[mashshare]

मधेशदृष्टि
जनकपुरधाम ।
उपप्रधानमन्त्री तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले शोषित, पीडित वर्गको अधिकार, प्रतिनिधित्व र सम्मानका लागि सङ्गठित हुनु पर्ने बताएका छन् । पिछडा वर्ग महासङ्घ नेपालद्वारा आयोजित दुई दिवसीय प्रशिक्षण समापनमा उनले पिछडा वर्ग बहुसंख्यक भए पनि सङ्गठित हुन नसक्दा उचित अधिकार, प्रतिनिधित्व र सम्मान पाउन नसकेको बताए ।

वर्तमान युगमा सङ्गठन नै शक्ति रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री यादवले पिछडा वर्गलाई सङ्गठित भएर अघि बढ्न आग्रह गरे । पिछडा वर्गमा शिक्षाको आभाव देखिएको बताउदै जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्षसमेत रहेका अध्यक्ष यादवले सन्तानको शिक्षामा जोड दिन अपिल गरे ।

पिछडा वर्ग महासङ्घका अध्यक्ष भरत महतोको अध्यक्षतामा दुई दिनसम्म चलेको प्रशिक्षणमा मुलुकका विभिन्न क्षेत्रबाट आएका एक सय जनाभन्दा बढीको प्रशिक्षार्थी सहभागी थिए । कार्यक्रममा प्रमुख प्रशिक्षक अध्यक्ष यादवका साथै सिपी सिंह, मनाइ महतो, दीपेन्द्र कापरलगायतका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button