‘देशलाई बहुराष्ट्रिय राज्यको रूपमा स्थापित गर्नुपर्छ’

[mashshare]

मधेशदृष्टि
वीरगंज ।
राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले नेपाललाई बहुराष्ट्रिय राज्यको रूपमा स्थापित गर्न आवश्यक रहेको बताएका छन् । शनिबार काठमाडौँमा आयोजित ‘होली के सँग राष्ट्रियताको बहुरंग’होली विशेष मिलन कार्यक्रममा बोल्दै उनले देशमा भएका विभिन्न समस्याहरूको समाधानको उपाय भनेकै देशलाई बहुराष्ट्रिय राज्यको रूपमा स्थापित गर्नु रहेको भन्दै सोहीअनुसार देशको शासन र संविधान चलाउन आवश्यक रहेको बताए ।

उनले भने,‘अब आफ्नै या स्वदेशमा हामी सबैले आफ्नो पहिचान, संस्कृति एक ढिक्का भयौँ भने त्यो स्वदेशवाद हुन्छ । त्यही बहुराष्ट्रिय राज्य हुन्छ । देशको यावत समस्याहरूको समाधान गर्न बहुराष्ट्रिय राज्यको स्थापना गर्नुपर्छ । सोहीअनुसार देशको शासन र संविधान चलाउने हो । त्यो नै हाम्रो उत्तम उपाय हो । देशको रक्षा र समृद्धि, प्रगतिको लागि वा हामी सबैको स्वाभिमानको लागि अधिकार र पहिचानका साथ बाँच्न देश प्राकृतिक चरित्र अनुसार शासन हुनुपर्छ ।’ उनले बहुराष्ट्रिय मान्यताको आधारमा देशको शासन र संविधान चलाएर नेपाल सबैको लागि बन्नुपर्ने धारणा राखे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button