क्षीरेश्वरनाथमा नौदिने यज्ञ

[mashshare]

मधेशदृष्टि
जनकपुरधाम ।
धनुषाको क्षीरेश्वर नगरपालिकाको दुर्गा टोलस्थित क्षीरेश्वरनाथ महादेव मन्दिर परिसरमा कर्मेश्वर मानव सेवा संस्थान जयनगरले विश्व कल्याणका लागि नौदिने महायज्ञ आयोजना गरेको छ । संस्थाका संस्थापक पण्डित चण्डेश्वर बाबा र जयनाथ बाबाको रेखदेखमा यज्ञ सञ्चालन भइरहेको छ । नेपाल र भारतका हजारौँ भक्तजनको उपस्थिति छ ।

संस्थाका प्रतिनिधि शैलेन्द्र कुमारले बाबाको आदेशमा जनहितका लागि हरेक वर्ष यज्ञ आयोजना गरिँदै आएको बताए । यसको सम्पूर्ण खर्च संस्थाले व्यहोर्ने छ । उनले १३ मार्चदेखि २३ मार्चसम्म चल्ने यज्ञ विधिपूर्वक महाभण्डारसहित समापन गरिने बताए ।यज्ञस्थलमा अखण्ड सीतारामको नाममा धुन बजिरहेको छ । मिथिलाको प्रसिद्ध ८४ कोस परिक्रमाको जुलुस पनि यहीँ रोकिन्छ । हजारौँ सन्त–भक्त पनि आउँछन् । खाना र बासको पूर्ण व्यवस्था गरिएको छ । अन्तिम दिनसम्म निरन्तर हवन पूजा गरिन्छ ।यज्ञस्थलमा प्राचीनकालदेखि नै रामायणसँग सम्बन्धित धेरै रहस्य छन् । यसबारे मन्दिरको क्षीरेश्वरनाथ धर्म संस्था कार्यसमितिका अध्यक्ष मदन घिमिरे र स्थानीय अशोक ठाकुरले माता सीता आफैँ यहाँ आएर महादेव र विष्णुको पूजा गर्ने गरेको बताए । यहाँ विशाल शिवलिंग स्थापना गरिएको छ । माता पार्वती, गणेश मन्दिर, बुढानीलकण्ठ नारायण मन्दिर, हनुमान मन्दिरलगायत धेरै देवीदेवताका मन्दिर छन् ।

यहाँ क्षीरेश्वर सतीको उत्पत्ति भएको उनले बताए । साथै महादेवको शिवलिङ्ग भगवान विष्णुले स्थापना गरेका हुन् । पुरानो धार्मिकस्थल भए पनि यहाँ सरकारको ध्यान गएको छैन । यसलाई राम्ररी विकास गर्न सके धार्मिक दृष्टिकोणले पनि यो ठाउँले छुट्टै महत्व पाउने देखिन्छ । हेमन्त पण्डित, श्याम यादव, उपेन्द्र महतो, राकेश राउत, वीरेन्द्र साह, कमलेश कुमारसहितको यज्ञमा योगदान रहको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button