मारवाड़ी प्रिमियर लिगमा बौधीमाई विजयी

[mashshare]

मधेशदृष्टि
वीरगंज ।
जगशक्ति गोल्ड मारवाड़ी प्रिमियर लिगमा बौधीमाई–११ विजयी भएको छ । वीरगंजमा पहिलोपटक आयोजना भइरहेको रात्रीकालीन टी–१५ प्रतियोगितामा बौधीमाईले अल्फा युथलाई ११ रनले पराजित गरेको हो ।

आइतबार वीरगंजको आदर्शनगर रंगशालामा पहिले ब्याटिङ गरेको बौधीमाईले निर्धारित १५ ओभरमा ६ विकेटको क्षतिमा १ सय २० रनको योगफल तयार गरेको थियो । जबाफी ब्याटिङ गरेको अल्फाले निर्धारित ओभरमा ९ विकेट गुमाएर मात्र १ सय ९ रन बनाउन सक्यो । चैत २ गतेदेखि ९ गतेसम्म आयोजना हुने प्रतियोगितामा ८ टिमको सहभागिता रहेको आयोजक मारवाडी युवा मञ्चका अध्यक्ष गोविन्द चौधरीले जानकारी दिए । प्रतियोगिताका खेल साँझ ५ बजेदेखि हुने गरेको छ ।

प्रतियोगितामा द फोग फाइटर, अल्फा युथ, बौधीमाई ११, फोनिक्स नाइट राइडर, ग्रिनसिटी रोयल्स, अन्नपूर्ण टाइगर्स, नेपाल मोटर्स वारियर्स र वीरगंज सुपर किंग्सको सहभागिता छ । प्रतियोगिता उद्घाटन वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button