

मिथिला कुनै समय समृद्ध राज्य व्यवस्था थियो । बारा जिल्लाको सदरमुकाम कलैयाबाट करिब २२ किलोमिटर दक्षिण–पूर्वको यात्रापछि मध्य मधेशको रहनसहनयुक्त सिम्रौनगढ बजार पुगिन्छ । बजारको मध्यभागमा करिब आठ बिघा क्षेत्रफलमा फैलिएको शताब्दीयौँ पुरानो इशरा तलाउ छ । इतिहासको एउटा कालखण्डका रूपमा जीवित इशरा तलाउको पश्चितर्फ कंकाली मन्दिरसहित केही धार्मिक पीठ रहेका छन । जहाँ मूर्तिकलाको जीवन्त वैभव बोकेका केही खण्डित मूर्ति देख्न सकिन्छ । जो कुनै समयमा सिम्रौनगढ समृद्धिलाई दसाई रहेको छ ।
सिम्रौनगढको विषयमा जुन रुपमा खोज र अनुसन्धान हनुपर्नेमा यसमा सरकारी पक्षको ध्यान गएको देखिदैनन । अर्को तर्फ निजि स्तरबाट समेत यसको खोज अनुसन्धानमा खासै ध्यान पुगेको देखिदैनन । यसकारणले युवा पुस्तामा यसको ईतिहासको विषयमा जानकारी समेत उति भएको देदिदैनन । केही पुस्तकहरु प्रकासित भएपनि यसको अहिले आएर प्राप्तीको अवस्था लगायतकोकारणले सिम्रौनगढको विषयमा सर्वसधारणहरुमा रुची देखिएपनि उनिहरु अध्ययन समग्रीमा सहज पहुच भएको देखिदैनन । यस्तो अवस्थामा करिब ३० वर्ष शिक्ष्ँण पेशमा विताएका विजयकुमार पाण्डेयले प्रकासित गरेका छन ‘सिम्रौनगढको ईतिहास’ खास गरेर मिथिलाको क्षेत्र वा भुभागहरुको अध्ययन गर्नको लागि यो एउटा गजबको स्रोत सामग्री रहेको छ । ईतिहास र यस भुभभागलाई मसिनोगरि केलाउदै पुस्तकमा सिम्रौनगढको महत्वपुर्ण जानकारीहरु दिइएको छ ।
एघारौं शताब्दीको सुरुदेखि दक्षिण भारतका राजाहरूले उत्तर भारत माथि गिद्धे आँखाले हेर्दथे र उत्तर भारतको भाग जितेर एउटा ठूलो देश बनाउने चाहना राख्थे । चालुक्यवंशको छैटौँ विक्रमादित्य ९१७७६ र १०२५० एक चक्रवती राजाका रूपमा चर्चित थिए । छैटौँ विक्रमादित्य उत्तर भारतको गौडकाम रूपमा आफ्नो अधिकार कायम गरेर फर्कने बेलामा त्यहाँका सेनापतिहरूमा सबैभन्दा बहादुर र चलाक सेनापति कर्णाटवंशी नान्यदेव तीरहुत राज्यको केही भाग जितेर स्वतन्त्र सिम्रौनगढ राज्य (१४ कोष) कायम गरेको वंशावलीमा उल्लेख छ । उत्तर भारतको गुप्त सम्राज्य शक्तिशाली रहेको बेलामा दक्षिण भारतको बाकाटक एउय शक्तिशाली राज्य थियो । उक्त क्षेत्रमा साना–साना राज्य थिए । ती राज्यहरू मध्ये चालुक्य र चोल प्रमुख थियो । त्यसमा पूर्वी चालुक्य र पश्चिमी चालुक्य दुई भागमा थिए । एघारौं शताब्दीमा (११५४ र १०९७ इ.सं.) सोमेश्वर र उनका छोरा छैटौँ विक्रमादित्यका सेनापतिले उत्तर भारतको धेरै भू–भाग जिते भने कर्णाट सेनापति नान्यदेवले यस क्षेत्रलाई जितेर एउटा स्वतन्त्र राज्य कायम गरेको धेरै जनाको भनाइ रहेको छ ।
कर्णाटवंशीय नान्यदेव छैटौँ विक्रमादित्यको सेना नायक भएर तीरहुतका केही भाग जिती सिम्रौनगढ राज्य कायम गरे । कर्णाटकहरूको यस क्षेत्रमा उदयको बारेमा एउटा कथा छ कि पाल राजाको शासनकालमा बंगाल र मगधमा कर्णाट वंशीहरूले सबै उच्च ओहदाको कर्मचारीको रूपमा काम गर्दथे । पछि पालहरूको अवस्था कमजोर भएको समयमा सम्भवतः कर्णाटहरूले त्यसको फाइदा उठाए मिथिला र तीरहुतलाई जितेर एउटा विशाल राज्य कायम गरे। जसलाई सिम्रौनगढ नामकरण गरेर स्वतन्त्र राज्य कायम गरे ।
पूर्वमध्यकालमा नेपालनाम रहनुभन्दा पहिला नेपाल तीन भागमा बाँडिएको थियो । जसको नाम भक्तपुर, कीर्तिपुर र ललितपुर थियो । पूर्वमध्यकालमा ती पनि तीन भागमा बाँडिएका थिए । पहिलो कर्णाली प्रदेशको खस राज्य, दोस्रो तीर हुत राज्य र तेस्रो केन्द्रीय प्रशासन कायम थियो । केन्द्रका शासकहरूले पश्चिम गण्डकी प्रदेशमा केन्द्रीय शासन कायम गर्न नसकेकाले त्यसको फाइदा उठाएर वि.सं. बाह्रौँ शताब्दीको सुरुमा खस राजा नागराजले एक स्वतन्त्र राज्य खडा गरे । त्यस्तै विक्रम संवत ११५४ (इ.स. १०९७०) मा नान्यदेव ले पनि सिम्रौनगढलाई एक स्वतन्त्र राज्य कायम गरे ।
कतिको कथन यो पनि छ कि नान्यदेवले तीरहुतलाई जितेर स्वतन्त्र राज्यको स्थापना गरेपछि नान्यपुरी (चम्पारण) मा रहेको सदरमुकाम हटाएर नयाँ गढको निर्माण गरेर त्यसको नाम सिम्रौनगढ राखे । गोपालराज वंशीवलीमा उल्लेख भएअनुसार यसको पुरानो नाम सिमरा जङ्गल थियो, पछि यसमा गढ थपेर सिम्रौनगढ बनाइयो । गोपाल वंशावलीको पृष्ट ४६ मा उल्लेख भएअनुसार कर्णाट राजा हरिसिंहदेवले आफ्ना जनतालाई एकत्रित गरेर दिल्लीका बादशाह तुगलकसँग युद्ध गरे । तर युद्धमा राजा परास्त भए भन्ने उल्लेख भएकाले यसको अस्तित्व परापूर्वकालदेखि रहेको थियो ।
इ.सं. १७३९ देखि १७५४ को बीचमा नेपाल भ्रमण गर्न आएका पादरी क्यासियानेले भक्तपुरमा यसको नाम सिमानागढ सुनेका थिए । व्याकरणका आधारमा पनि तथा उच्चारणको आधारमा पनि सिमानागढबाट सिम्रौनगढ भएको हो नकि यहाँ सिमलका बोट बढी भएकाले सिमर वनगढको नाम पछि गएर सिम्रौनगढ भएको हो। यो कुरा फेरिस्ता लगायत धेरै विद्वान हरूले स्वीकारेका छन । धेरै जनाले कर्णाट वंशीय नान्यदेवले एघरौं शताब्दीमा सिम्रौनगढलाई राजधानी बनाएर आफ्नो प्रभाव चारैतिर फैलाएको भन्ने भनाइ छ ।
सम्वतः ब्राह्मण तथा पौराणिक कालमा विदेह वंशीयहरू पछि ज्ञाकृत कुलका क्षत्रियहरूको राजधानी सिम्रौनगढ थियो भन्ने भनाइ छ । पौराणिक कालमा पनि समतल भागमा भएका जमिनका ठूला–ठूला भागलाई विकसित गरी घेरेर चारैतिरबाट रुख रोपेर पर्खालको निर्माण गरी दुर्ग (किल्ला) को रूप दिएर दुश्मनबाट जोगिनका लागि निर्माण गरिएका किल्लाहरूमध्ये सिम्रौनगढ पनि हुन सक्छ । नेपालको मध्यकालमा सिम्रौनगढलाई कथाको रूपमा पनि भन्ने गरेका थिए ।
यस्ते अनेकौ रोचक जानकारीहरु पुस्तकमा समेटिएको छ । १६२ पृष्ठको पुस्तकमा कतिपय रंगिन तस्वीरहरु समेत राखिएको कारणले पुस्तकलाई आकर्षण बनाइएको छ ।तस्वीरहरु पुरानो राखिएको कारणले गर्दा समेत आउने दिन सम्ममा अध्ययन अनुसन्धान गर्नेहरुको लागि यो पुस्तक एउटा दस्तावेज सावित भएको छ ।
सिम्रौनगढको ईतिहास
लेखक : विजयकुमार पाण्डेय
मुल्य : ३५०
प्रकाशक : भुंडीपुराण प्रकाशन






