जग्गाको दलाली गर्ने सरकारी कर्मचारी प्रहरीको फन्दामा

[mashshare]

सञ्जय मिश्रा
बारा ।
मकवानपुरमा नेपाल सरकारका कर्मचारी भएर बारा स्थित अरूको जग्गा देखाएर भिडियो बनाईरहेका वन कर्मचारीसहित दुई जनालाई स्थानीयले नियन्त्रणमा लिएका छन् । बाराको आदर्श कोतवाल गाउँपालिका वडा नम्बर ५ स्थित द्रुतमार्गको बाटोमा जोडिएको सडक कालोपत्रे छेउमै अरूको जग्गा देखाएर भिडियो बनाइरहेका दुई जना र उनीसँगै सरकारी मनम्बर प्लेटका मोटरसाईकल स्थानीयले नियन्त्रणमा लिएका हुन् । मकवानपुर मनहरी वन कार्यालयका कार्यालय सहयोगी दिल बहादुर कार्की र हेटौंडा उपमहानगर १७ का बसन्त रेग्मीलाई नियन्त्रणमा लिएको हो ।

स्थानीयले उनीहरूले प्रयोग गरेको बा प्रदेश ०३००१ ब ३४५ नम्बरको सरकारी मोटरसाईकलसहित वडा कार्यालयमार्फत प्रहरी चौकी चिउँटाहामा बुझाएका छन् । स्थानीय युवा राजकुमार दासले जग्गा धनीलाई थाहै नदिई दलालहरुले नक्कली लालपुर्जा बनाएर जग्गा बिक्री गरिरहेको घटना पटकपटक भइरहेको कारण उनीहरुलाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाएको बताए । उनीहरु दुवै जनामाथि कडा कानूनी कारवाही हुनुपर्ने स्थानीहरुको माग रहेको छ ।

पक्राउ परेका रेग्मी र कार्कीले आफूहरुलाई ललितपुरका एकजना जग्गा कारोबारीले उक्त जग्गा दुई साता अघि ल्याएर देखाएको बताएका थिए । पक्राउ पर्दा उनीहरूले ललितपुरका व्यवसायी भनिएकालाई पटकपटक फोन गर्दा उठाएन, एकछिन पछि उनले स्विचआफ गरेको थियो ।

प्रहरी चौकी चिनुटाहाका प्रमुख असई सिवेन्द्र यादवले दुवै जना पक्राउ परेको पुष्टी गरेका छन् । उनीहरुलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय कलैया पठाउने असई यादवले बताए । यस अघि मंगलवार आदर्श कोतावल गाउँपालिका ५ स्थित अरूको जग्गा नापजाँच गरिरहेका काठमाडौँ घर बताउने रोशन अधिकारी र बारा घर बताउने छोटेलाल साहलाई स्थानीयले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका थिए ।

बारा प्रहरी प्रवक्ता डिएस्पी दधिराम न्यौपानेले पक्राउ परेका चारै जना नियन्त्रणमा रहेको बताउँदै घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जानकारी दिए । जग्गाधनी भनिएकालाई बोलाएर सत्य तथ्य बुझी दोषी देखिए कानुन अनुसार कारबाही गरिने उनलेका बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button