
मधेशदृष्टि
वीरगंज ।
ठाकुरराम बहुमुखी क्याम्पस, वीरगंजका विज्ञान संकाय, प्राणीशास्त्र विभागका उपप्राध्यापक डा. लालबाबु प्रसाद यादवको निधन भएको छ ।
तिहारअघि दुर्घटनामा परेका यादवको एलएस न्युरो अस्पतालमा उपचार सम्भव नभएपछि काठमाण्डौँको नर्भिक अस्पतालमा उपचार जारी थियो । उपचारक्रममा नर्भिक अस्पतालमा सोमबार बिहान यादवको निधन भएको हो ।
यादवको निधनमा ठाकुरराम बहुमुखी क्याम्पसले फेसबुकपेजमा श्रद्धाञ्जली तथा परिवारमा समवेदना प्रकट गरेको छ । यादव वीरगंजस्थित ओम नेशनल एकेडेमीका सञ्चालक पनि हुन् ।






