
मधेशदृष्टि
वीरगंज ।
आम ट्रेड यूनियन फेडरेसन नेपालको ऐतिहासिक राष्ट्रिय भेलाले नयाँ केन्द्रीय कमिटी चयन गरेको छ । नयाँ केन्द्रीय कमिटीको अध्यक्षमा धन कुमारी मगर, उपाध्यक्षमा शिव थापा, हरि थापा सुमि घिमाल, खडक सुनार रहेका छन् । त्यस्तै, महासचिवमा शंकर यादव, तेज नारायण थारु रहेका छन् भने उपमहासचिवमा बिनोद ठाकुर र सचिवमा वीर बहदुर घिमाल, महेश चौधरी रहेका छन् ।
त्यसैगरी, कोषाध्यक्षमा राजन साह, नानू माया तामाङ चयन भएका हुन् । केन्द्रीय सदस्यहरु दिवश राई, दिपा कुमारी मगर, रश्मि कार्की, माया तामाङ, प्रेम बहादुर थापा, आसा श्रेष्ठ, विमल गौली, प्रमोद घिमिरे, सर्मिला घिमाल, कुमारी मगर, असारमान राई, हिरा बहादुर थापा, अन्जु मगर, नर बहादुर सुनवार, रमेश राई, राज कुमार मगर, मीन बहादुर कार्की, प्रविन तामाङ, लक्ष्मी राई, मनोज चौधरी, संगीता सुनुवार, कृष्ण माया नेपाल, गंगाराम माली, भविराम यादव, कलाही यादव, बलिराम यादव, अस्मिता लामा, रेखा धिमाल, ईन्दिरा तामाङ, मनमाया मगर र सुनिता लामा रहेका छन् ।





