
मधेशदृष्टि
काठमाडौँ ।
राष्ट्रिय मुक्ति क्रान्ति अभियानका नेता राजेन्द्र महतोले देशभरका समर्थक नेता तथा कार्यकर्तालाई काठमाडौँमा बोलाएका छन् । बिहीबारदेखि काठमाडौँमा हुने तीन दिने भेलामा देशभरका अगुवा नेता तथा कार्यकर्ता सहभागी हुने अभियानका नेता सन्तोष मेहताले जानकारी दिए ।
लोसपा परित्याग गरेर पछिल्लो समय राष्टिय मुक्ति क्रान्ति अभियान चलाइरहेका महतोले मधेशसहित आदिवासी जनजातिको संयुक्त सहभागितामा काठमाडौँमा तीन प्रदर्शनसमेत गरिसकेका छन् । बितेको फागुन–चैतमा महतोले पूर्व मेचीदेखि पश्चिम महाकाली पुुगेर प्रशिक्षण चलाइसकेका छन् ।
मेहताका अनुसार, काठमाडौँ केन्द्रित प्रर्दशन र सबै जिल्लाको प्रक्षिणण सकिएपछि महतो थप रणनीतिबारे छलफल गर्न तीन दिने भेलामा जुटेका हुन् । भेलामा सहभागीले दिने सुुझावका आधारमा महतोले आगामी रणनीति बनाउने बुझिएको छ ।






