ढुंगेलले सम्हाले पर्सा प्रहरीको कमाण्ड

[mashshare]

मधेशदृष्टि
वीरगंज ।
जिल्ला प्रहरी कार्यालय पर्सामा प्रहरी उपरीक्षक (एसपी) कुमोध ढुंगेलले नेतृत्व सम्हालेका छन् । बुधबार दिउँसो हाजिर भएका प्रहरी उपरीक्षक ढुंगेलले जिल्ला प्रहरी कार्यालयको कमाण्ड सम्हालेका हुन् ।

प्रहरी प्रधान कार्यालयले सरुवा गरेको ९ दिनपछि एसपी ढुंगेल पर्सा प्रहरी कार्यालयमा हाजिर भएका हुन् । ढुंगेललाई पर्सा प्रहरीका प्रवक्ता एवम् डिएसपी कुमारविक्रम थापासहितका प्रहरी अधिकारीले स्वागत गरेका थिए । जिल्लाको कमाण्ड सम्हाल्दै एसपी ढुंगेलले इमान्दारितापूर्वक काम गर्न प्रहरी जवानदेखि अधिकारीसमेतलाई निर्देशन दिए । काठमाडौँ प्रहरी परिसर र तत्कालीन अपराध अनुसन्धान महाशाखामा रहेर लामो समय काम गरेका एसपी ढुंगेल गुण्डागर्दी नियन्त्रणमा अब्बल प्रहरी मानिन्छन् ।

ढुंगेल नेपाल प्रहरीमा निरीक्षक (इन्सपेक्टर) दर्जामा २०६१ जेठ १५ गते भर्ना भएका थिए । उनी २०७१ फागुन ११ गते डिएसपीमा बढुवा भएका थिए भने जेठ पहिलो साता एसपीमा बढुवा भएका हुन् । २०३३ फागुन १५ गते काठमाडौँमा जन्मिएका उनी नेपाल प्रहरीको अपराध अनुसन्धान तथा आपराधिक गिरोह नियन्त्रणमा कहलिएका प्रहरी अधिकृत हुन् । पर्सामा संगठित अपराध गर्ने गिरोहका लागि ढुंगेलको आगमन चुनौती बन्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button