हरिखेतान क्याम्पसको विवाद प्रशासनले टुंगो लगायो

रोक्का गरिएका तीन वटा बैंक खाता पुनः सञ्चालनमा

[mashshare]

महेश कठायत
वीरगंज ।
वीरगंजको हरिखेतान बहुमुखी क्याम्पसको क्याम्पस प्रमुख नियुक्तीको विषयमा भइरहेको विवाद अन्ततः टुंगिएको छ । क्याम्पस व्यवस्थापन समितिले उमेर हदको कारण देखाउदै तत्कालिन क्याम्पस प्रमुख डा. भगवान यादवलाई अवकास दिएर किशोरी रायलाई निमित्त क्याम्पस प्रमुख बनाएसँगै क्याम्पसमा उत्पन्न विवाद करिब दुई महिनापछि टुंगिएको हो । डा. भगवान यादवले आफै क्याम्पस प्रमुख रहने गरी क्याम्पसको विधान परिवर्तन गरेर किर्ते व्यवस्थापन समिति गठन गरेका थिए । उक्त समितिलाई जिल्ला प्रशासन कार्यालय पर्सा र त्रिभुवन विश्वविद्यालय उपकुलपतिको कार्यालयले मान्यता नदिएर प्रेम प्रकाश खेतानको अध्यक्षतामा रहेको क्याम्पस व्यवस्थापन समिति नै आधिकारिक रहेको जनाएपछि लामो समयदेखि हरिखेतान बहुमुखी क्याम्पसमा देखिएको अन्यौल हटेको हो ।

क्याम्पसको आधिकारिक विधान एवम सञ्चालक समिति एकीन नभएसम्म रोकिएका बैंक खाताका सम्बन्धमा त्रिभुवन विश्वविद्यालय उपकुलपतिको कार्यालय, योजना निर्देशनालयले आधिकारिक विधानमा उल्लेख भए अनुरुप खाताहरु पुनः संचालन गर्न अनुमति दिने निर्णय गरेको हो । उक्त निर्णय अनुसार प्रेम प्रकाश खेतानको नेतृत्वमा रहेको क्याम्पस सञ्चालक समितिलाई आधिकारिकता प्रदान गर्नुका साथै रोक्का भएका बैंक खाता पुनः सञ्चालनसमेत गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सानुबाबु अधिकारीद्वारा जारी सूचनामा उल्लेख छ ।

हरिखेतान बहुमुखी क्याम्पसको नाममा रहेका राष्ट्रिय वाणिज्य बैंक, सिद्धार्थ बैंक लिमिटेड र नेपाल बैंक लिमिटेड गरी तीन वटा बैंकमा रहेका खाता डा. भगवान यादवले रोक्का गर्न माग गरेपछि क्याम्पसको बैंक खाता समेत रोक्का गरिएको थियो । गत मंसिर १ गतेदेखि क्याम्पस प्रमुख नियुक्तिको विषयलाई लिएर उत्पन्न विवाद र क्याम्पसमा पूर्व क्याम्पस प्रमुखले अवरोध सृजना गर्न खोज्दा तत्कालिन अवस्थामा असहज भए पनि अहिले सम्पूर्ण काम सहज रुपमा अगाडी बढिरहेको क्याम्पस व्यवस्थापन समितिका सल्लाहकार जयप्रकाश खेतानले बताए । अहिले क्याम्पस व्यवस्थापन समितिले क्याम्पसमा विगतमा भएका अनियमितता, आर्थिक हिनामिना, नक्कली कागजातको आधारमा बैंक खाता खोली रकम निकासा गरिएको बारेमा समेत खोजबिन गरिरहेको खेतानको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button