राजनीतिक तथा आर्थिक अवस्था दयनीय छ : निधि

[mashshare]

मधेशदृष्टि
जनकपुरधाम ।
पूर्वउपप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिले मुलुकको राजनीतिक तथा आर्थिक अवस्था निके दयनीय भएको बताएका छन् । शुक्रबार पेट्रोलियम डिलर्स एसोसिएसनको नवनिर्वाचित पदाधिकारीलाई शपथ ग्रहण तथा पदस्थापनमा नेता निधिले नेपालको अर्थनीतिमा देखिएको समस्याका कारण आर्थिक अवस्थामा संकट उत्पन्न भएको बताए ।

‘राजनीतिक र आर्थिक अवस्थामा एकैपटक समस्या उत्पन्न हुनुको कारणसहित यसको समाधानतर्फ गम्भीररुपमा ध्यान केन्द्रित गर्न जरुरी छ,’ निधिले भने, ‘नेपालको आर्थिक अवस्था नराम्ररी प्रभावित भएको छ, गठबन्धन सरकारले पटकपटक आर्थिक अवस्थामा आएको समस्याबारे गहनरुपमा ध्यान दिएर छलफल गरी समाधान गर्न आग्रह गर्दछु ।’

नेता निधिले रुकुम, रोल्पा, जुम्ला, हुम्लालगायत स्थानमा पुग्दा मुलुकको आर्थिक अवस्था र राजनीतिक संकटको अवस्थाबारेमा त्यहाँका स्थानीय निकै चिन्तित देखिएको स्मरण गरे । उनले मुलुकको राजनीतिक प्रणाली बिग्रिएकै कारण आर्थिक र सामाजिक संरचनासमेत प्रभावित हुन पुग्दा स्वाभाविकरुपमा जनताले दल र नेतामाथि प्रश्न गर्ने भएकाले यसप्रति सरकार, राजनीतिक दल, नेताले आफ्नो व्यवहार, कार्यशैली र नेपाली राजनीतिको व्यवस्थामा समेत परिणाममुखी सुधारका लागि अपिल गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button