लुटेरा समूहबाट बालिका बलात्कृत, तीन जना पक्राउ

[mashshare]

मधेशदृष्टि
महोत्तरी ।
महोत्तरीको सम्सीमा एक बालिकामाथि सामूहिक बलात्कार भएको घटना सार्वजनिक भएको छ । महोतरीको सम्सी गाउँपालिका वडा नम्बर १ पर्सामा १३ वर्षीय बालिकालाई चार जना लुटेराको समूहले बलात्कार गरेको घटना सार्वजनिक भएको हो । यही माग २३ गते राती एक बजेतिर बालिकालाई लुटेराहरूले घरबाट एक किलोमिटर टाढा रहेको खेतमा लगेर सामूहिक रुपमा जबरजस्ती करणी गरी छोडेका थिए । लुटेरा समूहले पीडित बालिकाकी आमले लगाएको गरगहना समेत लुटपाट गरेका थिए । लुटेराले पीडित बालिकाको घरमा लुटपाट गर्दै आमा र हजुरआमालाई घरमा थुनेर बालिकालाई खेतमा लगेर बलात्कार गरेको देखिएको प्रहरीले जनाएको छ ।

पीडित बालिकाको बयानअनुसार घटनास्थल मुचुल्का र दिएको हुलिया अनुसार दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको सम्सी गाउँपालिका–२ का २० वर्षीय उवैद मोसिन र सोही ठाउँका २१ वर्षीय अनवर अन्सारी र एक जना भारतीय नागरिक २१ वर्षीय जियाउल अन्सारी रहेको प्ररहीले जनाएको छ । पक्राउ परेकाहरुमाथि आवश्यक अनुसन्धानका लागि जिल्ला अदालत महोत्तरीबाट ७ दिनको म्याद थप गरिएको र फरार व्यक्तिको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक महेन्द्र खड्काले बताए ।

पीडित बालिकाकी आमा बोल्न नसक्ने र बालिका डराएका कारण मंगलबार राति भएको घटना बुधबार साँझ मात्रै सार्वजनिक भएको थियो । घटना सार्वजनिक भएपछि बलात्कृत बालिकाको स्वास्थ्य परीक्षण गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक खड्काको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button