विवाह सुविधाको ३० हजारमा वडाध्यक्षको कीर्ते प्रयास

[mashshare]

मधेशदृष्टि
रौतहट ।
मौलापुर नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष श्यामकिशोर साहले नक्कली विवाहको कागज बनाएर रकम हिनामिनाको योजना बनाएको खुलासा भएको छ । उनले आफ्नो वडाको सोनारनिया निवासी महिन्द्र राय यादवको छोरी सन्जु कुमारीको नक्कली विवाहको फाइल बनाएर ३० हजार रुपैयाँ आर्थिक सहयोगको हिनामिना गर्ने प्रपञ्च रचेको पाइएको हो ।

साहले नगरपालिकालाई विवाह हुने मिति तोकेर, विवाह हुने युवतीका नाममा निवेदन दर्ता गरेर, विवाह कार्ड छापेर फाइलको कागजात पूरा गराएको पाइएको छ । उनले अभिभावकलाई नगरपालिकाले दिने आर्थिक सहयोग गरिदिन सिफारिस पत्र पनि लेखेका छन् । मौलापुर नगरपालिकाले विवाह गर्ने उमेर पुगेका किशोरी, युवतीलाई ३० हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ । साहले नगरपालिकाको यही सुविधाको फाइदा उठाउँदै यादवकी छोरीको नक्कली विवाहको कागजातको फाइल पेश गरेर रकम हिनामिनाको प्रयास गरेको खुलासा भएको हो ।

माघ २५ विवाह भनिएपछि विवाह गर्ने युवतीको घरमा मौलापुरकी मेयर रिना साह पुगेकी थिइन् । तर त्यहाँ त्यस्तो फाइल तयारीमा परिवारजनको संलग्नता नभएको पाइएको छ । मेयर साहले भनेकी छिन्, ‘३० हजार रुपैयाँ कुनै ठूलो कुरो त होइन, तर मुखियाजीले गरेको सिफारिस कति पत्याउने भन्ने प्रश्न खडा भएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button