
मधेशदृष्टि
जनकपुरधाम ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विगतमा देखिएको वेथिति यस सरकारमा नरहेन प्रष्ट पारेका छन् । उनले विगतमा सरकार मन्त्रीहरुले प्रदेशमा धेरै वेथितिहरु ल्याएको बताउदै अब यस खालको वेथिति नरहने बताए । मुख्यमन्त्री भएपछि पहिलो पटक प्रदेश सभामा सम्बोधन गर्दै सिंहले बजेटमा विगतका सरकारले धेरै असामनताहरु सृजना गरेको कारणले गर्दा आउने बजेटमा कुनैपनि किसिमले वेथितहरु र असमानता नदेखिने दाबी गरे ।
उनले भने, ‘हाम्रो सरकारले सबैलाई सम्मान गर्छ कसैसँग असमान रुपमा व्यवहार गर्दैन त्यसमा तपाईहरु ढुक्क हुनुस् । हामी मन्त्रीको क्षेत्र लक्षीत बजेट आउँदैन त्यसकारणले गर्दा यसमा सबैको अपन्तव हुने खालको बजेट रहने छ । सिंहले आफनो मन्त्री परिषद्को बैठकले संसदीय विकास कोषलाई नबिउताएको बताउदै सर्वोच्च अदालतमा संसदीय कोषको विषयमा मुद्दा विचाराधिन रहेको कारणले यस खालको कुनैपनि योजना आफनो सरकारबाट नआउने प्रष्ट गर्दै सरकार सर्वोच्च अदालतको सम्मान गर्ने बताए । उनले बजेट समानतामा आधार र प्रदेशको गौरवको योजनाहरुलाई प्राथमिकतामा राखेर आउने बताए । यसअघि मुख्यमन्त्री सिंहले प्रदेश सरकारअन्तर्गत उपभोक्ता समितिबाट हुने कामलाई कार्यविधि बनाएर हटाउने बताएका थिए । उपभोक्ता समितिबाट हुने कामलाई बोलपत्र आह्वान प्रक्रियाबाट सञ्चालन गरी सुशासन कायम गर्नमा उनले जोड बताए ।
प्रदेश सभाको बैठकमा नेकपा एकीकृत समाजवादी पार्टीका प्रदेश सभा सदस्य प्रमोद कुमार यादवले विगतमा भएको कमजोरीहरुलाई वर्तमन सरकारले नदोहोर्याउन आग्रह गर्दै सरकारले पार्दशी तरिकाले जनपेक्षा पुरा गर्ने गरि कार्य गर्न सरकारलाई शुभकामना दिए । त्यसैगरि लोकतान्त्रिक समाजवादी पार्टीकी रानी शर्मा तिवारीले विगतमा सात वर्ष केही कामहरु राम्रो भएको र केही कामहरु नराम्रो भएको अवस्थामा सात वर्ष गुनासाहरुको बिचमा बिताएको बताउदै अब जनताले कुनै खालको गुनासाहरु सुन्न नपाउन भन्ने आफुहरुको अपेक्षा रहेको बताइन् ।
नेकपा माओवादी केन्द्रका रहबर अन्सारीले मधेशका नयाँ मार्ग चित्र कोर्णको लागि नयाँ मन्त्री र सरकारको निर्माण भएको बताउँदै सरकारले जनताको अपेक्षाहरु पुरा गर्ने आफुहरु आशावादी रहेको बताए । उनले संघीयताको पक्षधर आफनो पार्टी रहेको बताउँदै आफनो पार्टीले संघीयतालाई बलियो बनाएर लैजाने बताए । जनमत पार्टीका प्रदेश सभा सदस्य संजयकुमार यादवले विगतको सरकारको क्रियाकलापको कारणले जनतामा निरासाको अवस्था सृजना भएको अवस्थामा नयाँ नेतृत्वमा बनेको सरकारले आशाको बाटो जगाएको बताए ।
जसपा नेपालका प्रदेश सभा सदस्य किरणकुमारी साहले सरकारले प्रदेश सभाको समानुपातिक र प्रत्येक प्रदेश सभा सदस्यहरुलाई बजेट दिदा विभेद गरिएको भन्दै त्यो गलत भएको बताइन् । उनले सबैको समान अधिकार र सम्मान रहेको कारणले सरकारले त्यसलाई आत्मसाथ गर्नुपर्नेमा जोड दिइन् । नेपाली काग्रेसका प्रदेश सभा सदस्य वीरेन्द्रकुमार सिंहले सरकार स्थायित्व भए मात्रै विकास सम्भव रहेको बताउदै सरकारलाई स्थायित्वको कामना गरे । उनले सरकार बजेट र नीति कार्यक्रम आउने पूर्व सन्ध्यामा बनेको कारणले गर्दा सरकारको नीति कार्यक्रमले सरकारको मार्ग कस्तो हुने त्यो प्रष्ट गर्ने बताए । सिंहले सरकारले पारदर्शीता र सुशासन कायम गर्ने गरि काम गर्न आग्रह गरे ।
नेकपा एमालेका लखन दास तत्माले सरकारसँग जनताले सुशासन र अधिकारको कुरा मात्रै माग्ने गरिएको कारणले त्यसलाई पुरा गर्न सरकारले समुचित रुपमा अगाडि आउनुपर्नेमा जोड दिए । उनले प्रदेशको जनताले विकास र समृद्धि चाहेको कारणले वर्तमान सरकारसँग जनताको अपेक्षा पुरा होस् भन्ने चाहेको बताए ।